१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

स्वाब संकलन गर्न जनस्वास्थ्यको टोली गाउँमा

पछिल्लो समयमा कोराना संक्रमितको संख्या बढिरहेको बेला जनस्वास्थ्य कार्यालय जुम्लाको टोली स्वाब संकलनका लागि हरेक स्थानीय तहमा  पुगेको छ। जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाको नेतृत्वको टोली स्वाब संकलनका लागि गाउँमा खटिएको हो। स्वाब संकलन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परिक्षणका लागि दिने गरिएको जनस्वास्थ्य अधिकृत सापकोटा बताउँछन्।

जिल्लाको कनकासुन्दरी गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा एक चरणको स्वाब संकलन गरेर परिक्षण कार्य सकिएको छ। जनस्वास्थ्य कार्यालयको टोलीले गुठिचौरको स्वाब ल्याएर प्रयोगशालालाई परिक्षणका लागि दिइएको छ। मंगलबार हिमा, सिँजा र तिलामा स्वाब संकलन गर्ने तयारी भइरहेको जनस्वास्थ्य प्रमुख सापकोटा बताउँछन्। जिल्लाको हिमा गाउँपालिकामा मात्र ६१ जनामा कोराना देखिएपछि कन्ट्रयाक ट्रेसिङको काम पनि भइरहेको छ।  

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा जनसम्पर्क बढि हुने ठाउँमा पिसिआर परिक्षणका लागि स्वाब संकलन भइरहेको बताउँछन्। उनले भने, ‘सडक संग जोडिएका बजार, गाउँबस्ती र बढि जमघट हुने स्थानका नागरिकको पहिलो चरणमा स्वाब संकलन हुनेछ। पिसिआर रिर्पोटका आधारमा थप स्वाब संकलनका लागि टोली परिचालन गरिनेछ।  

स्वाब संकलन जनस्वास्थ्य कार्यालयले गरेकोमा भिटिएम र किट कर्णाली प्रतिष्ठानले आफै बेहोरेको छ। जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दा निषेधाज्ञा जारी छ।  सबै स्थानीय तहको बढि भिडभाड हुने स्थानका नागरिकको स्वाब संकलन गरेर पिसिआर रिर्पोटका आधारमा निषेधाज्ञा खोल्ने या अझै कडा बनाउने बारे निचोड निस्कने स्थानीय प्रशासनले जनाएको छ।

कोराना संक्रमित बढ्न थालेपछि हरेक स्थानीय तहलाई न्युनतम ५० बेडको आइसोलेसन निर्माणका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र जुम्लाले निर्देशन गरेको छ। साथै जनस्वास्थ्यको टिमलाई स्वाब संकलनमा सहयोग गर्न आग्रह गरिएको छ।  जिल्लामा कोरोना संक्रमण अवस्थालाई हेर्दा केही समय अघि ग्रीन जोनमा थियो। तर पछिल्लो समयमा  ढुक्क हुने स्थिति रहेन्, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘ ८ वटै स्थानीय तहका अत्यधिक सम्पर्क विन्दु  पहिचान गरि परीक्षण दायरा बढाउने क्रम शुरु भएकोछ।  हिमा गाँउपालिकामा अप्रत्याशित रुपमा कोरोना संक्रमित देखिएका छन। अन्य पालिकामा परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयवाट स्वाब संकलन कार्य भइरहेको छ।’

संक्रमित हरुलाई गाउँपालिकामा आईसोलेसन विस्तार गर्ने निर्णय डिसिसिएमसि वाट भई निर्णय कार्यान्वयनमा आएकोछ। पालिका स्तरमा रहेका आईसोलेसनमा स्वास्थ्यकर्मीहरू र सुरक्षाकर्मीहरु व्यवस्थापन गरि लक्षण देखिएका विरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार गरिने प्रवन्ध मिलाएको छ। विगतवाट पाठ सिक्दै जिल्लाकासबै ना गरिक, स्थानीय तह र जिम्मेवार राजनीतिकदल र अन्य सबै सरोकारवालाहरुले जनस्वास्थ्य र सुरक्षाका मापदण्ड परिपालनामा सबै सचेत र सजग हुन सकेमा कोरोना विरूद्व लडाइँ जित्न सकिन्छ।  

सबै सहयोग सहकार्य र समन्वय महामारीको बेलामा अपरिहार्य भएको प्रमुख जिल्ला अधिकारी थापाले भने,‘हाल जिल्लामा ७२ जना राष्ट्र सेवक कर्मचारी र सर्वसाधारण नागरिकहरु लक्षणविहिन संक्रमित देखिएका छन् सबैको शिघ्र स्वास्थ लाभको कामना गर्दछु।’ कोराना संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीको पालना गर्न सुचित गरिएको छ।

यहाँका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा गरेर ८ सय क्वारेन्टिन छन्। हेल्थ डेस्क आठ वटा छन्। जसबाट हाल सम्म १२ हजार एक सय २९ जनाको स्वास्थ्य परिक्षण भइसकेको छ। जिल्लाभर ७२ जना संक्रमित आइसोलेसनमा छन्। ७६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।६ हजार ७ सय ३५ जनाको पिसिआर परिक्षण भएको छ। 

प्रकाशित: ८ भाद्र २०७७ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App