१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सुनसरीमा थप एक साता निषेधित क्षेत्र घोषणा

कोरोना भाइरस (कोभिड–१९) समुदायस्तरमै फैलिने क्रम बढी रहँदा सुनसरीमा थप एक साता निषेधित क्षेत्र घोषणा गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौं १४ गतेसम्म निषेधित क्षेत्र कायमै राख्ने निर्णय गरेको हो।

प्रशासन कार्यालयले चौथो पटक थप एक साताका लागि निषेधित क्षेत्र बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले बताए। जिल्लामा सरकारी कार्यालयको अति आवश्यक काम केही कर्मचारी कार्यालयमा झिकाएर आलोपालो गरि गर्ने, बैक तथा वित्तिय संस्थाबाट पनि अति आवश्यक काम सेवाग्राहीलाई प्रदान गर्न  सकुलर गरिएको छ। 

निषेधित क्षेत्र भर बजार, पसल, यातायातका साधन भने पूर्ण रुपमा बन्द हुनेछन्। सर्वसाधारणलाई समेत घरबाट बाहिर हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाइएको छ।  

जिल्लामा तेस्रो पटक साउन ३२ गते रातिदेखि भदौं ७ गतेसम्म निषेधित क्षेत्र थप गर्ने निर्णय गरिएको थियो।  

यस्तै, पहिलो चरणमा जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको रोकथाम र नियन्त्रणका साउन २१ राति १२ बजेदेखि साउन २६ गतेसम्म जिल्लाभर निषेधित क्षेत्र घोषणा गरेको थियो। दोस्रो पटक साउन २६ गतेदेखि ३२ गतेसम्म निषेधित क्षेत्र घोषण गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ७ भाद्र २०७७ ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App