उदयपुरको कटारीमा शनिबार भएको आगलागीमा परी एक स्थानीयको घर जलेर नष्ट भएको छ। घरमा मान्छे नभएका बेला एक्कासी भएको आगलागीबाट कटारी नगरपालिका ५ भुल्केका धनकुमार श्रेष्ठको काठको २ तले घर जलेर नष्ट भएको हो।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार विहान ८ः३० बजे भएको आगलागीमा परी श्रेष्ठको घर र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन र महत्वपूर्ण कागजातसमेत जलेर नष्ट भएको छ। फुसको छानोवाल घरमा आगलागी हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको इप्रका कटारीका निरीक्षक प्रमोद कार्कीले बताए।
घटनामा मानवीय र जनावर भने क्षति नभएको बताइएको छ। आगलागीको खवर स्थानीयले दिएलगत्तै गएको इलाका प्रहरीको टोली र स्थानीयको जमघटपछि झण्डै डेढघण्टामा आगो नियन्त्रणमा लिइएको इन्सपेक्टर कार्कीले बताए। घटनाको प्रकृति मुचुल्का उठाएर टोली फर्किसकेको छ। घरमा कोही नभएको बेला विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको कार्कीले बताएका छन्।
प्रकाशित: ६ भाद्र २०७७ १३:३१ शनिबार





