coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भक्तपुरमा भेटिए अहिलेसम्मकै उच्च कोरोना संक्रमित

भक्तपुरमा एकैदिन शनिबार अहिलेसम्मकै सवैभन्दा बढी ५० जना कोरोना संक्रमित भेटिएका छन् । हालसम्म प्रतिदिन आठदस जना मात्रै कोरोना संक्रमित भेटिंदै आएकोमा शनिबार एकैदिन ५० जना थप संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयद्धारा गरिएको पत्रकार सम्मेलनमा जनाइएको हो । तिनीहरुमध्ये पुरुष ३९ र महिला ११ रहेको जनाइएको छ । जिल्लामा शनिबार अघिसम्म सवैभन्दा वढी एक दिनमा १५ जनासम्म संक्रमित भेटिएको थियो ।  

जिल्लामा अहिलेसम्म मृत्यु हुनेहरुको संख्या दुई पुगेको छ । शनिबार थप एक सहित जिल्लामा कुल मृत्यु हुनेहरुको संख्या दुई जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका थिए । शनिबार कोरोना संक्रमित भक्तपुरका ७३ वर्षीय एक पुरुषको मृत्यु भएको जनाएको छ ।  

योसँंगै जिल्लामा कोरोना भाइरसको जोखिम उच्च भएको देखिएको छ । जिल्लाका चारवटै नगरपालिकामा उतिकै संक्रमित देखिएका छन् । हालसम्मको तथ्यांक अनुसार जिल्लाका चार वटामध्ये सवैभन्दा वढी मध्यपुर थिमि नगरपालिकामा संक्रमित देखिएका छन् । त्यसपछि क्रमशः सूर्यविनायक, भक्तपुर र चाँंगुनारायण नगरपालिकामा बढी संक्रमित भेटिएका छन् ।

प्रकाशित: ६ भाद्र २०७७ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App