नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ जनाको पीसीआर परीक्षणमा २९२ महिला र ५४६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४८३ पुगेको छ।
प्रकाशित: ५ भाद्र २०७७ १०:४८ शुक्रबार





