१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थप तीन जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

संक्रमितकाे संख्या २६ हजार नाघ्यो, १७ हजार बढी संक्रमित निको

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो ।

प्रदेश १ मा ८ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा १७ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन ।

पछिल्लो १० दिनमा ४२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ३० गते चार जना, २९ गते चार जना, २८ गते आठ जना, २७ गते चार जना, २६ गते चार जना, २५ गते २ जना, २४ गते ३ जना, २३ गते पाँच जना, २२ गते पाँच जनाको मृत्यु भएको थियो ।

संक्रमितकाे संख्या २६ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा ४६८ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा चार सय ६८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । नेपालमा हालसम्म २६ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार काठमाडौं काठमाडौंमा ८०, मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै ललिपतुर, भक्तपुर, काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङका ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहटका ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २र२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा एक हजार नौ सय ७० जना, प्रदेश २ मा सात हजार चार सय १८ जना, बागमती प्रदेशमा दुई हजार ६ सय ६० जना र गण्डकी प्रदेशमा १ हजार सात सय ९३ जना, प्रदेश ५ मा पाँच हजार ३५ जना, कर्णाली प्रदेशमा दुई हजार एक सय ६२ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८१ जना संक्रमित भेटिएका छन् ।

१७ हजार बढी संक्रमित निको

शनिबार विभिन्न जिल्लाका आइसोलेसनबाट एक सय २४ जना डिस्चार्ज भएका छन् । योसंगै नेपालमा उपचारपछि निको हुनेको संख्या १७ हजार दुई सय एक जना पुगेको छ ।

प्रदेश १ मा एक हजार एक सय आठ, प्रदेश नम्बर २ मा तीन हजार पाँच सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा एक हजार पाँच सय २५, प्रदेश नम्बर ५ मा चार हजार दुई सय ८६, कर्णाली प्रदेशमा एक हजार नौ सय ३३ र सुदूरपश्चिम प्रदेशमा चार हजार एक सय ६३ जना संक्रमित डिस्चार्ज भएका छन्।

शनिबारसम्म आइसोलेसनमा आठ हजार १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन्। प्रदेश १ मा आठ सय ५४, प्रदेश २ मा तीन हजार आठ सय २७, बागमती प्रदेशमा दुई हजार दुई र गण्डकी प्रदेशमा दुई सय ६२, प्रदेश ५ मा सात सय ३६, कर्णाली प्रदेशमा दुई सय २५ र सुदूरपश्चिम प्रदेशमा आठ सय १० जना आइसोलेसनमा रहेका छन । आजसम्म ५ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको गौतमले बताएका छन् । आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन्।

आज क्वारेन्टिनमा १४ हजार ४ सय ४८ जना रहेका छन । प्रदेश १ मा दुई हजार सात सय १३, प्रदेश २ मा एक हजार सात सय, बागमती प्रदेशमा एक हजार ६४ र गण्डकी प्रदेशमा दुई हजार नौ सय ८३, प्रदेश ५ मा दुई हजार ७३, कर्णाली प्रदेशमा सात सय ६० र सुदूरपश्चिम प्रदेशमा तीन हजार एक सय ५५ जना क्वारेन्टिनमा रहेका छन्।

मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताए ।

प्रकाशित: ३१ श्रावण २०७७ १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App