coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश सांसद कृष्णालाई कोरोना संक्रमण

प्रदेश नम्बर पाँचकी सांसद कृष्णा केसी ‘नमुना’ लाई कोरोना संक्रमण भएको छ। भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको हो। सांसद केसी आफैले सामाजिक सञ्चाल फेसबुकमार्फत संक्रमित भएको सार्वजनिक गरेकी हुन्।  

‘विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट म पनि अछुतो रहेन, पिसिआर जाँचबाट पोजेटिभ रिपोर्ट आएकोले एक हप्ता यता मेरो कोलोज कन्ट्रयाक्टमा रहनु भएका सम्पूर्णलाई सेल्फ आइसुलेट तथा पिसिआर जाँच गराउनु हुन अनुरोध गर्दछु,’ सांसद कृष्णाले भनेकी छन्। सांसद कृष्णाले जिल्लामा कोरोना महामारी विरुद्ध अग्र पंक्तिमा रहेर काम गर्दै आएकी थिइन्। उनकै नेतृत्वमा जिल्लामा कोरोना महामारीबाट प्रभावितलाई सहयोगार्थ कोष स्थापना समेत गरिएको छ।  

यस्तै नेपालगन्जका अग्रज ब्यापारी कृष्णप्रसाद श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठले पनि आफु संक्रमित रहेको बताउँदै सबैलाई सचेत र सजग रहन आग्रह गरेका छन्। पछिल्लो समयमा नेपालगन्ज क्षेत्रमा समुदाय स्तरमै कोरोनो भाइरस फैलिएपछि सुरक्षाकर्मी, कैदी बन्दी, सञ्चारकर्मी, ब्यापारी र जनप्रतिनिधीलाई समेत संक्रमण भइसकेको छ।  

 

 

 

प्रकाशित: २५ श्रावण २०७७ ०५:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App