वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २ जना डाक्टरलाई पनि कोरोना संक्रमण भएको छ। प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्रि विभागमा कार्यरत दुई डाक्टरलाई संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। दुवै डाक्टर पुरुष हुन्। उनीहरु दुवै जना पिसिआर परीक्षणको लागि स्वाब दिएर आइसोलेट भई बसेको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए।
उनका अनुसार दुवैको रिपोर्ट पोजेटिभ आए पछि अवस्था भने सामान्य रहेको छ। दुवैलाई आइसोलेसनमा लगिने पनि उनले बताए। ‘उहाँहरुले स्वाब लिएर आइसोलेट भएर बस्नु भएको थियो,’प्रवक्ता डा.सापकोटाले भने,‘कन्ट्याक ट्रेसिङको काम भइरहेको छ।’
प्रकाशित: २५ श्रावण २०७७ ०५:४० आइतबार