coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पोखरामा एक कोरोना संक्रमितको मृत्यु

पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षिय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह प्रा.डा.अर्जुन आचार्यले जानकारी दिए ।

मृतक पोखरा महानगरपालिका वडा नम्बर १९ निवासी हुन् । उनलाई गत साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुषमा मधुमेह (डायविटिज)को समस्या रहेको अस्पतालले जनाएको छ ।

मृतकको आजै दिउँसो अन्त्येष्टि गर्ने तयारी गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार नेपाली सेनाले अन्त्येष्टी गर्ने तयारी गरिएको छ ।  पोखरा १९ निवासी ६२ वर्षिय पुरुषको मृत्युसँगै पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । नेपालमा भने कोरोनाबाट मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

प्रकाशित: २५ श्रावण २०७७ ०२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App