१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीले विस्थापित हजारौ परिवार पाल टाँगेर सडकछेउमा

१ को मृत्यु २ अझै बेपत्ता

सुदूरपश्चिममा मंगलबार रातिदेखि लगातार आएको अबिरल वर्षाका कारण सुदूरपश्चिममा ठूलो क्षति गरेको छ । बाढीले कैलालीमा मात्र ६ हजार बढी घर डुबानमा परेका छन् । भने २ हजार बढी परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवारका हजारौ जना हुलाकी सडकको छेउमा पाल टाँगेर बसेका छन् । बिस्थापित भएका २ हजार परिवारका घरमा रहेका सबै लुगाकपडा, खाद्यान, सामग्री बगाएको उनीहरुले बताएका छन् ।

यसैगरि बाढीमा बगेर १ को मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन् । बुधबार बगेर बेपत्ता भएका कैलाली भजनी वडा न ८ का ११ वर्षीय स्केल चौधरीको शव फेला परेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताएका छन् । घर डुबानमा परेपछि सुरक्षित स्थान कालिका मन्दिर जाने क्रममा घर नजिकैको कुलोमा ती बालक डुबेका थिए । यसैगरि ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र बि.क. अझै बेपत्ता रहेका छन् ।

यसैगरी बाजुरा बुढीगंगा नगरपालिका १ अम्कोटका गोरु चराउन गएका बेला जंगलमा माथिबाट आएको पहिरोमा परेर २२ वर्षीय धर्मराज तिमिल्सेना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

कैलालीमा जोशिपुर र जानकी गाउँपालिकामा डुबानमा परेका घरमा अलि पानी कम भएपनि भजनीमा पानीको सतह नघटेर पुरै बस्ती जलमग्न नै रहेको छ ।

कैलालीको भजनी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुृर नगरपालिका, जानकी गाउँपालिका लगायतमा गरेर बाढीले ६ हजार २ सय ७० घर डुबानमा परेको कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले बताएका छन् । भजनीका २ हजार परिवार विस्थापित भएर दुई दिनदेखि हुलाकी सडकमा पाल टाँगेर बसेका छन् । केही विद्यालय लगायतका ठाउँमा आश्रय लिईरहेको उनले बताए ।

बिहीबार पनि दिनभरी पानी परेकाले घर डुबानमा परेका र बिस्थापित भएर घरबारविहीन भएकाको बेजोग भएको स्थानीय बताउँछन् । नदी बस्तीमा पसेर डुबानमा परेकाले बिस्थापित भएकाले कुनैपनि सामान ल्याउन नपाएको र सबै बगेको बताएका छन् ।‘घर डुबानमा परेर बिस्थापित भएकाको सबै सामान, लुगा कपडा र खाद्यान नष्ट भएको छ’भजनीको वडा नम्वर ८ वडा अध्यक्ष पंकज चौधरीले भने,‘बिस्थापितहरु सडक छेउमा पाल टाँगेर बसिरहेका छन् ।’

दुई दिनदेखि बिस्थापितहरुलाई खाना पनि समस्या भएको छ । बुधबारदेखि हुलाकी सडकमा परिवारसहित बसिरहेका सोनाफा“टाका  सुकै डगौरा थारुले भने,‘दुई दिनदेखि भोकभोकै बसेका छौं, कहिले पानी घट्ला र घर जान पाउँला भन्ने भएको छ ।’

पथरैया नदीले तटबन्द भत्काएर गाउँमा पस्दा भजनी ८ का दैलेखी टोल, कुसमघाट, कृष्णनगर, गोरचौडा, खैरा, जनकपुर, बहादुरपुर, काडाढिक र सोनाहफाटा गाउँ डुबानमा परेका छन् । भने यसैगरि वडा नम्वर ३ का काडाँ नदीले ढुसीमा तटबन्द भत्काएर नदी बस्तीमा पसेको छ । पकरिया डाँडा, ढुसी गाउँ, कन्हैयापुर गाउँ डुबानमा छन् ।

भजनी नगरपालिकाको वडा नम्वर २, ३, ५ र ८ मा बाढी पसेर घर डुबानमा परेपछि उनीहरु बिस्थापित भएका हुन् ।

धनगढी उपमहानगरपालिकामा पनि खोला अतिक्रमण भएकाले बिहीबार बर्षातले दर्जनौ घर डुबानमा परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का दर्जनौ परिवार बिस्थापित भएका थिए । बिहीबार साँझ पानी घटेको छ ।

टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पुरै डुबान भएको छ । त्यस्तै शिवनगर, चमेलीपुर, विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ५० घर भत्किएका छन् । यस्तै वडा नम्बर २ मा १२, वडा नम्बर ६ मा ३ घर भत्कीएका नगरपालिकाले जनाएको छ  

यसैगरि अछाम, बाजुरा,दार्चुला,डोटी, बझाङ, डडेल्धुरा बर्षातका कारण र पहिरो आएर करिव १ दर्जन बढी घर भत्केका छन । भने बाख्रा लगायत घर दर्जनौ घर पालुवा जनावरको मृत्यु भएको नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले जनाएको छ ।

कर्णाली र महाकाली नदीमा पानीको बहाव बढेको छ । लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै पहिरो गएर सडक अवरुद्ध भएको छ । त्यस्तै बाजुराको बूढीगंगा नगरपालिकै डाव भन्ने ठाउँमा पनि साँफे–मार्तडी सडकमै माथिबाट ठूलो पहिरो आएर सडक अवरुद्ध भएको छ ।

लगातार वर्षा भइरहेका कारण साँफे–मार्तडी सडक पनि अवरुद्ध भएको छ । विपद व्यवस्थापन समितिको बैठक वसेर बिस्थापित र प्रभावित परिवार सक्दो छिटो राहत दिने बारेमा छलफल भएको र सबै पीडितलाई राहत दिईने कैलालीका प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।

प्रकाशित: १५ श्रावण २०७७ १३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App