१४ माघ २०८२ बुधबार
image/svg+xml
समाज

कल्भर्टको बाढीले बगाउँदा एकको निधन

चौदण्डीगढी नगरपालिका ४ स्थित लामाखोलाको बाढीमा टेम्पो बोकेर तार्दै । तस्बिर : महेश्वर/नागरिक

दुईदिनयताको निरन्तर वर्षाका कारण कल्भर्टमा आएको बाढीले बगाएर उदयुरमा एकजनाको निधन भएको छ । सुनसरीको धरान उपमहानगरपालिका–५ धरान घर भएका ३५ वर्षीय कर्णबहादुर राईको बेलका ३ को भोटेपुल नजिकको कल्भर्टमा आएको बाढीले बगाउँदा मृत्यु भएको हो । उनी उदयपुरको बेलका नगरपालिका–३ सिसोली टप्पुमा बस्दै आएका थिए ।  

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार बेलकामा तरकारी खेती गर्दै आएका राई अघिल्लो दिन कल्भर्टमा आएको बाढीले बगाएर बेपत्ता भएका थिए । प्रदेश १–०२–००२ न ४००५ नं. को जीपमा धरान फर्कदै गरेका राई मंगलबार राति ९ः०० बजे कल्भर्टको बाढी नियाल्न पस्दा बगाएर बेपत्ता भएका थिए । चालकलाई गाडी रोक्न लगाई जीप तर्न सक्ने नसक्ने जाँच गर्न कल्भर्ट पसेका राई बाढीमा फसेर बेपत्ता भएकोमा बुधबार विहान १०ः०० बजे मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनी सोमबार मात्र सिसौली टप्पुमा तरकारी खेती लगाउन धरानबाट आएको र भोलिपल्ट राति फर्कदै गर्दा बाढीमा फसेको प्रहरी भनाई छ । चालकले राई बेपत्ता भएको खबर गरेपछि बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले खोजतलास गर्ने क्रममा बेपत्ता भएको ठाउँभन्दा ५ सय मिटर तल राई मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  

मृतकको शव सर्जमिन मुचुल्कापछि पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घट्नाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यता बाढीले उदयपुरका बिभिन्न ठाउँमा डुबान र क्षति पुर्याएको छ । बाढीले चौदण्डीगढी नगरपालिका ४ लामाखोलामा यातायात आउजाउ अवरुद्ध पारेको छ भने पहाडी भेगका कच्ची सडकहरू भत्काएर क्षति गरेको स्थानीयले बताएका छन् । नर्मिाणाधीन मदन भणडरी लोकमार्गमा पर्ने लामा खोलामा पुल नहुँदा सामान्य वर्षामै आउने बाढीले साना ठूला सवारी आउजाउ गर्न नसक्ने अवस्था आउने गरेको स्थानीय भुपेन्द्र राईले बताए ।  

उनका अनुसार बाढी आएपछि मोटरसाईकल र अटो रिक्सा, टेम्पोजस्ता सवारी साधन बोकेर तार्नुपर्ने बाध्यता आईलाग्ने गरेको छ । कोरोना भाईरस (कोभिड १९) को कहरले झण्डै ४ महिना लामो लकडाउन साउन पहिलो सातायता सरकारले खुलाएपछि लामो दुरीका सवारी साधन नचले पनि आन्तरिक यातायात चल्ने अनुमति छ । तर, निरन्तजस्तो वर्षाले सडक अवरोध पुर्याउँदा स्थानीयलाई आउजाउ गर्न समस्या परेको यातायात व्यवसायीहरू बताउँछन् ।

प्रकाशित: १४ श्रावण २०७७ १२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App