२० श्रावण २०७७ मंगलबार
समाज

वीरगन्जमा ५ बालबालिकासहित ३४ जनामा कोरोना संक्रमण

मंगलवार रातिको रिपोर्टअनुसार वीरगंजमा ५ जना बालबालिका, १० जना महिला र २४ पुरुषसहित ३४ जना कोरोना संक्रमित थपिएका छन्। २७४ जनाको स्वाब परिक्षण गर्दा २ वर्षदेखि ६५ वर्ष उमेर समूहका ३४ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अपतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।  

संक्रमित फेला पर्नेमा २ देखि ७ बर्ष उमेरसमुहका ५ जना बालबालिका छन्। त्यसैगरी एकजना चिकित्सक पनि छन्। एक जना नेपाली सेना, तीन जना प्रहरी, वीरगंज कारागारका ६ जना कैदीबन्दी तथा कर्मचारी पनि छन्। यसअघिका संक्रमितहरुको कन्टयाक्ट ट्रेसिङमा परेका र शुल्क तिरेर परीक्षण गराउनेहरु पनि यसमा छन्।  

वीरगन्ज माहानगरपलिकाको –५ रोशमकोठी, वडा नम्बर ९ रानीघाट, वडा नम्बर १० आदर्शनगर, वडा नम्बर ११ श्रीपुर, वडा नम्बर १२ पावरहाउस चोक र मुर्ली, वडा नम्बर १३ राधेमाई, वडा नम्बर १५ भिस्वा, वडा नम्बर २५ श्रीसिया, वडा नम्बर ३२ बेल्वार वीरगन्ज कारागारबाट संक्रमितहरु फेला परेका हुन।

प्रकाशित: १४ श्रावण २०७७ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App