१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भारतीय महिलाद्वारा सशस्त्र प्रहरीमाथि हँसिया प्रहार

बलजफ्ती रौतहटको सिमानाभित्र प्रवेश गर्न खोज्ने भारतीय महिलालाई सशस्त्र प्रहरीले रोक्दा महिलाले हँसिया प्रहार गरेकी छन् । घाँस काट्न रौतहटको सीमाभित्र प्रवेश गर्न खोज्ने भारतीय महिलाले डिउटीमा रहेका सशस्त्र प्रहरीमाथि हँसिया प्रहार गरेकी हुन् ।

भारतीय महिलाको हँसिया प्रहारबाट डिउटीमा रहेका सशस्त्र प्रहरी जवानको हातमा घाउ लागेको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ भने सशस्त्र प्रहरी जवान फेरि डिउटीमा फर्किसकेका छन् ।  

नेपाल भारत सीमा बन्द भए पनि भारतीय महिलाहरुको एक समूह नेपालको सिमानाभित्र घाँस काट्न प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । सशस्त्र प्रहरीले रोक्दा भारतीय महिलाहरुले सशस्त्रमाथि हातपात गर्न खोज्दा विवाद भएको थियो । सोही क्रममा भारतीय महिलाको प्रहारबाट सशस्त्र प्रहरी घाइते भएका थिए । भारतको पूर्वी चम्पारण कवैया पंचायत ६ खर्सलाहाकी सीमादेवी कुशवाहाको प्रहारबाट सशस्त्र जवान घाइते भएका हुन् ।

विवादले उग्र रुप लिएपछि सशस्त्र प्रहरीको तर्फबाट एक राउन्ड हवाई फायर पनि गरिएको छ । घटनास्थलमा सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वाटरबाट ५० जना र इलाका प्रहरी कार्यालय मौलापुरबाट ३५ जना सुरक्षाकर्मी परिचालित गरिएको थियो ।

परोहा नगरपालिका ८ नरकटियामा भएको घटनाको सशस्त्र प्रहरी बल २ छिन्नमस्ता बाहिनीका डिआइजी कृष्णभक्त ब्रह्मचार्यसमेत निरीक्षण गरेका छन् ।

घटनामा संलग्न एकजना भारतीय नागरिक रविन्द्रप्रसाद कुशवाहालाई पक्राउ गरी प्रहरी चौकी नरकटियामा राखिएकोमा भारतीय सुरक्षाकर्मीलाई बुझाइएको छ । सीमा क्षेत्रको अवस्था अहिले सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १० श्रावण २०७७ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App