परिवारको आर्थिक स्रोतबाटै तत्का उनलाई उपचार गर्न काठमान्डौ लगिएको हो। काठमान्डौको मोडल अस्पतालमा नियमित स्वास्थ्य परिक्षण गराउदै आएकी उनको उपचार त्यहीको डाक्टरको सल्लाहमा गरिने प्रतिष्ठानका अध्यक्ष गुरागाईले बताए।
जन्मजात मस्तिष्क पक्षघातकी बिरामी यूवा साहित्यकार झमक घिमिरेमा शारिरिक जटिलता थपिदै गएको छ। मस्तिष्क पक्षघातले सताउँदै लगेपछि उन एक महिना देखि उनी ओच्छयान गरेकी थिइन। विरामीको कारण एक महिना देखि लेखपद गर्ने, खाना खाने र पत्रपत्रिका अध्ययन गर्ने जस्ता कार्य उनले गरेकी छैनन्।
बिरामीले सताए पछि निजी निवास धनकुटा नगरपालिका वडा नम्वर ३ कचिडेमा आरम गरिरहेकी थिईन। साहित्यकार घिमिरेलाई खाना चपाउन गाह्रो हुने, हात-खुट्टा, अनुहार र शरिरका विभिन्न अंग बाउँडिने र अत्यन्तै दुख्ने जस्ता समस्याले पिरोलेको परिवारजनले बताए। जन्मदै हातखुट्टा नचल्ने र देब्रे खुट्टाका तीन औंला मात्रै चल्ने अवस्था रहेकी थिईन। उनको यही औलाको सहयोगले दर्जनौ साहित्यिक कृति लेखेकी थिईन्। उनले लेखेको आत्मकथा जीवन काँडा कि फूल नामक साहित्यिक कृतिले गत वर्षको मदन पुरस्कार प्राप्त गरेको थियो।
प्रकाशित: २ असार २०६९ १२:४१ शनिबार





