२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
कला/साहित्य

‘लुसिफर राइजिङ’ पुन: सञ्जालनमा

विवादका बिच नाटक ‘लुसिफ राइजिङः अ जेन–जेड प्ले’ आज (मंगलबार)देखि पुन: मञ्चन हुने भएको छ।

थापागाउँस्थित एक नेपाल थिएरमा जेठ १ गतेदेखि मञ्चन भइरहेको उक्त नाटक जेठ ११ गते रोकिएको थियो। तत्पश्चात् नाटक धेरै विवादमा घेरिएको थियो। राजनीतिक दबाबको कारण देखाउँदै ११ गतेदेखि रोकिएको थियो।

एक थिएटर नेपाल र निर्माता संस्था मझुवा बगर जनकला मञ्चबीच नयाँ सहमति भएपछि मञ्चनको बाटो खुलेको थिएटरले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो।

प्रेस विज्ञप्ति भनिएको छ, ‘नाटकको निर्माता मझुवा बगर जनकला मञ्चले लेखक तथा निर्देशक सहलेशलाई सरकारविरुद्ध अफवाह फैलाएको, सम्पूर्ण नाट्य समुदायको अपमान गरेको लगायत कारण देखाउँदै हालको लागि नाटकबाट बर्खास्त गरिएको व्यहोरासहित संस्थाका अध्यक्ष वसन्तनाथ लामिछानेको हस्ताक्षर रहेको लिखित पत्र हामी समक्ष पेश गरेको र नाटकको निर्माण पक्ष, नाटकमा सम्बद्ध कलाकारहरु र नाटकका अन्य जिम्मेवार पक्षसंग लामो समय गहन रूपले छलफल गरी नाटकलाई निर्माण संस्थाले पारित गरेको स्क्रिप्टभित्र रही (इम्प्रोमाइज नगरी) पुनः प्रदर्शन गर्ने सहमति भएको छ। र नाटक मञ्चनका निम्ति नाटक घर उपलब्ध गराउने सम्बन्धमा यस एक थिएटर नेपाल र निर्माता मझुवा बगर जनकला मञ्चबीच नयाँ सम्झौता भएको जानकारी गराउँदछौं।’

नाटकको निर्माण पक्ष, नाटकमा सम्बद्ध कलाकारहरू र नाटकका अन्य जिम्मेवार पक्षसँग लामो समय गहन रूपले छलफल गरी नाटकलाई निर्माण संस्थाले पारित गरेको स्क्रिप्टभित्र रही मंगलबार बेलुकादेखि नाटक मञ्चन हुने भएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App