७ वैशाख २०८१ शुक्रबार
समाज

फेरी भित्रियो सलह

सलहको झुण्ड फेरी नेपाल प्रवेश गरेको छ । आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरु मध्ये एउटा भुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।  

‘दाङ्ग जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको  र दिउँसो १ बजेतिर राप्ति नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको छ ।’ केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले भने,‘ उक्त स्थानमा कृषक तथा समुदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिएपछि उत्तर पूर्व तर्फ लागेको सूचना प्राप्त भएको छ । ’ उनले उक्त सलहले प्यूठान अर्घाखाँची लगायतका अन्य छिमेकी जिल्लाहरुमा प्रवेश गरि नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहन आग्रह गरे । उनले आइतबार बिहान आएको झुण्ड १० देखि १२ लाखको संख्यामा आएको अनुमान गरिएको बताए । सुवेदीले भने ‘दाङमा खासै असर पारेको देखिएन, प्युठान र अर्घाखाँचीमा असर गरेको जानकारी पनि आएको छैन ।’  

उनले थप झुण्ड समेत प्रवेश गर्ने संभावना रहेको बताए । ‘हावाको बहाव दक्षिणबाट पूर्वोत्तर दिशातिर बगेकोले राजस्थानबाट अन्य झुण्ड पनि नेपाल प्रवेश गर्ने संभावना छ,’ सुवेदीले भने,‘ प्रदेश नं ५, २ तथा १ का तराइ र मध्य पहाडी क्षेत्रहरुमा समेत आवश्यक सतर्कता अपनाउन आवश्यक छ ।’

उनले यस अगाडि आएको सलहको झुण्डका केही सलह बाग्लुङ र जुम्लामा देखिएको बताए । ‘पुरानो झुण्ड सक्रिय नभएकोले क्षति त गर्दैन तर बर्षाका कारण लुकेर बसेका सलह घाम लागेसँगै देखिन सुरु गरेको छ ।’ उनले भने,‘अगाडि आएका झुण्डका अधिकांश सलह मरेर सकिएका छन् ।’

प्रकाशित: २८ असार २०७७ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App