१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश ५ : २१ दिनमा बाढी पहिरोबाट १४ जनाको मृत्यु

फाइल फाेटाे ।

असार शुरु भएदेखि प्रदेश न. ५ बाढी पहिरोका कारण १४ जनाको मृत्यु भएको छ । असार १ देखि २१ गतेसम्म अविरल वर्षाका कारण बाढी र पहिरोका १४ जनाको मृत्यु र २४ जना घाईते भएको प्रदेश ५ प्रहरी कार्यालय दाङले जनाएको छ । चालू आर्थिक वर्षमा भने प्रदेशका १२ वटै जिल्लामा बाढी पहिरो, चटयाङ जस्ता प्रकोपमा परेर ६१ जनाको मृत्यु भएको छ ।  

प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता एंव बरिष्ठ एसएसपी राजकुमार बैदवारका अनुसार यो वर्षको असारमा मात्रै पाल्पामा ५ जना, गुल्मीमा ४ जना, दाङमा ३, कपिलवस्तु र अर्घाखाँचीमा १/१ जनाको मृत्यु भएको हो । यी जिल्लाहरूमा बाढी र पहिरोले मात्रै २४ जना घाईते भएका छन् । गुल्मी जिल्लामा मात्रै पहिरोकै कारण नौ जना घाईते भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ । एक वर्षको अवधीमा  प्रदेश ५ मा नौ करोड ९० लाख ३३ हजार सात सय बराबरको क्षती भएको प्रहरी प्रवक्ता वैदवारले बताए ।  

चालू आर्थिक वर्षमा भने बाढी, पहिरो तथा अन्य विभिन्न विपदका कारण ६१ जनाको मृत्यू भएको छ । बाढी पहिरो र अविरल वर्षाका कारण ४६, चट्याङबाट १० जना हावाहुरीबाट पाँच जनाको ज्यान गएको छ । तीन सय ४४ वटा घरमा क्षती पुगेको छ ।  बाढी पहिरो, चट्याङ र हावाहुरीका कारण ७८ जना घाईते भएका छन् । वर्षायाम शुरु भएसँगै प्रदेश ५ का पहाडी जिल्लामा यो वर्ष ठूलो क्षती हुनेक्रम शुरु भएको छ । तराईका जिल्लाहरू डुवानको जोखिमा परेका छन भने पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । 

प्रहरीले भने विपदको सामना गर्नका लागि तालिम प्राप्त प्रहरी १२ वटै जिल्लामा तयारी अवस्थामा राखेको जनाएको छ । प्रत्येक जिल्लामा २५ जना तालिम प्राप्त प्रहरी र गुल्म तथा विभिन्न प्रहरी इकाईहरूमा बाढी, पहिरो र डुवानजस्ता प्रकोपका बेलामा उद्धार गर्ने जनशक्ति तयारी अवस्थामा राखेको प्रदेश प्रहरी प्रवक्ता बैदावारले बताए । यो वर्ष मनसुन चाँडै शुरु भएकाले पनि पहाडी क्षेत्रमा भने प्रकोप पूर्व तयारी थालिएको जनप्रतिनिधिहरूले बताएका छन् ।

प्रकाशित: २४ असार २०७७ १४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App