१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सरकारसँग १२ बुँदे सहमति, ईः र पुकारले तोडे अनसन

‘इनफ इज इनफ’ अभियानका अभियन्ताद्वय ईः र पुकार बमले अनसन तोडेका छन्। अनसनरत पक्ष र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको वार्तामा १२ बुँदे सम्झौता भएपछि उनीहरुले अनसन गरेका हुन्। 

 

यो पनि पढ्नुहोस्

सरकारलाई जिम्मेवार बनाउन भोकै संघर्ष

 

१२ बुँदे सम्झौतामा आरडिटी परीक्षण बन्द गर्ने, क्वारेन्टिनमा भएकालाई अनिवार्य पििसआर परीक्षण गर्ने, कार्यविधि र निर्देशिका परिवर्तन गर्नेलगायतका महत्वपूर्ण सम्झौता भएको छ।  

बम र ईः १२ दिनदेखि धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा अनशन बसिरहेका थिए। कोरोना भाइरस (कोभिड–१९)का बेला सरकारले गर्नुपर्ने आधारभूत काम नगरेको भन्दै उनीहरू सरकारको ध्यानाकर्षण गराउन अनशन बसेका थिए। ५ दिन पाटनको मंगलबजारमा अनशन बसेका उनीहरू शरीरथला पर्न थालेपछि ह्याम्स अस्पताल सरेका थिए।

प्रकाशित: २३ असार २०७७ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App