७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

तौलिहवा–मर्यादपुर सडक सुन्दरीकरणकालागि वृक्षारोपण

तौलिहवा– मर्यादपुर सडक खन्डलाई स्वच्छ र हराभरा बनाउन सडको दायाबाया वृक्षारोपण गरिएको छ । प्रदेश नम्बर ५ को उद्योग पर्यटन तथा वातावरण मन्त्रालयको सहयोमगा वन डिभिजन कार्यालय कपिलस्तुको अगुवाईमा सडक सौन्दर्य कार्यक्रम अन्तर्गत सो वृक्षारोपण गरिएको हो । नयाटोलको बसपार्कको छेउ देखि उत्तर तर्फ पर्ने ३ सय मिटर सडक दायाबाया वृक्षारोपण कार्य अघि बढाईएको हो । बिरुवाको संरक्षणकालागि ट्रि गार्ड समेत लगाईएको छ ।  

कपुर, राजवृक्ष, बिरेन्द्र फुल लगाईएको छ । वृक्षारोपणको शुभारम्भ गदैृ प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तवले वृक्षारोपणले पुरानो सकडकारुपमा रहेको तौलिहवा– मर्यादपुर सडक खन्डको केही भाग भए पनि सुन्दर स्वच्छ र हराभार हुने बताए । ‘ सडकको दायाबाया गरिएकमो वृक्षारोपणले सडक स्ुन्दर देखिनुकासाथै वातावरण समेत मनोरम हुने उनले बताए । सो बृक्षाको सबैले सरक्षण गुनृ पर्नेमा उनले जाड दिए ।  

सो अवसरमा डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी पौडेलले प्रदेश सरकारको सहयोमगा पुरानो सडकको केही भागालई बृक्षारोपाण्का माध्यमबाट सुन्दरीकरण गर्ने प्रयास गरिएको बताए । सो अवसरमा कपिलस्तु नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष सुदीप पौडेल, वडा नम्बर २ का अध्यष्क्ष रामभजन कलवारले सडकको दायाबाया गरिएको वृक्षारोपणले सडकको मुहार फेरिने बताए ।  

वृक्षहरूको संरक्षणमा नगरपालिको समते ध्यान रहने बताए । सडकको दायाबाया ३ सय मिटरको दुरीमा बीस बीस मिटरको फरकमा बिरुवा रोपिने सहायक वन अधिकृत मदनमाहेन स्यान्डीलले बताए ।

प्रकाशित: १७ असार २०७७ १५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App