coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धान दिवस मनाउन कृषिमन्त्री भुषाल उदयपुरमा

फाइल तस्बिर

कोरोना कहरकै बीच परेको यसवर्षको राष्ट्रिय धान दिवस मनाउन कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाल उदयपुर आएका छन्। असार १५ मनाइने धान दिवसमा आयोजित रोपाँई कार्यक्रममा सहभागी हुन मन्त्री भुसाल उदयपुर आएका हुन्।

मन्त्री भुसाल त्रियुगा नगरपालिका र कृषि ज्ञान केन्द्रद्वारा संयुक्तरुपमा आयोजित त्रियुगा १३ बहेडवास्थित खेतमा रोपाई कार्यक्रममा सहभागी हुन अहिले पुगेका छन्। त्यहाँ सामान्य जमघटमा औपचारिक कार्यक्रमपछि रोपाई गर्ने तय भएको त्रियुगा नगरपालिकाले जनाएको छ। औपचारिक कार्यक्रमपछि उनी रोपाँईमा सहभागी हुने त्रियुगा नगर प्रमुख बलदेव चौधरीले बताए।  

कोरोना कहरका कारण जारी लकडाउन उदयपुरमा केही मत्थर भए पनि विगतमा जस्तो यो वर्ष धान दिवस तामझामका साथ आयोजना गरिएको छैन। विगतमा भव्य र सामूहिक रोपाँई गरेर मनाउने गरिएको दिवस यसवर्ष कोरोनाले औपचारिकतामा मात्र सीमित गर्ने तय भएकोमा मन्त्री आउने भएपछि सामान्य जमघट गराइएको जनाएको ज्ञान केन्द्रले जनाएको छ।  

उदयपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६० पुगि सकेको छ। वैशाख ५ गते पहिलो पटक त्रियुगा ३ भुल्केस्थित नुरी मस्जिदमा १२ भारतीयसहित १६ जमाति र थप १६ स्थानीय गरी ३२ मा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि एक पत्रकार र बाँकी भारतबाट नेपाल प्रवेश गर्नेहरुमा संक्रमण देखिदै ५२ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो पटक शनिबार ६ जना र आईतबार २ मा कोरोना देखिएपछि संक्रमित संख्या ६० पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रकाशित: १५ असार २०७७ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App