सेनाको नर्सिङ कलेजमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) को सम्बधनबाट पिसिएल नर्सिङ, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को सम्बन्धनबाट बिएससी नर्सिङ र पिबिबिएन कक्षा सञ्चालन भइरहेको छ।
विसं. १९८२ मा स्थापना भएको त्रिभुवनचन्द्र मिलिटरी हस्पिटल महाँकालस्थान हाताभित्र रहेको मुख्य भवन मर्मतसम्भार तथा थप आवश्यक पूर्वाधार तयार गरी नेपाली सेनाअन्तर्गत सैनिक कल्याणकारी कोषबाट महाविद्यालय सञ्चालन गरिएको सैनिक जनसम्पर्क महानिर्देशनालयले जनाएको छ।
सुविधासम्पन्न कक्षा कोठा, लाइब्रेरी, होस्टेल र प्रयोगशाला रहेका तीनवटै नर्सिङ कार्यक्रमका विद्यार्थीलाई क्लिनिकल अभ्यासका लागि ५ सय १८ बेड क्षमताको छाउनीस्थित वीरेन्द्र अस्पताल र सामुदायिक स्वास्थ्य अभ्यास रामकोटस्थित प्राथमिक स्वास्थ्य स्याहार केन्द्रमा गराइने जनाइएको छ।
महाविद्यालयमा सैनिकतर्फका ३३ र गैरसैनिकतर्फका ६९ जना गरी १ सय २ जना अध्ययनरत छन्।
प्रकाशित: १५ वैशाख २०६९ १९:१९ शुक्रबार





