१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दोलखामा पनि सरकारविरुद्ध प्रदर्शन

चरिकोटको सातदोबाटो चोकमा आइतबार सरकारविरुद्ध प्लाकार्ड बोकेर प्रदर्शन गर्दै स्थानीय युवा । तस्बिर : रमेश/नागरिक

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रण गर्न असफल भएको र मुलुकमा बेथिति बढेको भन्दै सरकारविरुद्ध देशभरी प्रदर्शन थालेका युवाले दोलखामा पनि आइतबार प्रदर्शन गरेका छन् ।  

सदरमुकाम चरिकोटमा आइतबार दिउँसो युवाले प्लाकार्डसहित एक घन्टा प्रदर्शन गरे । भष्ट्राचार, बेथिति र कोरोना नियन्त्रणमा सुस्त सरकारी कार्यशैलीविरुद्ध विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेर युवा एक घन्टासम्म सातदोबाटो चोकमा बसेका थिए । उनीहरुले राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत बजाएका थिए ।  

युवाहरुले पिसिआर परिक्षण बढाउन माग गर्दै दोलखामा समेत पिसिआर जाँच्ने मेसिन जडान गर्न माग गरेका थिए । यसअघि शनिबार जिल्लाको जिरी बजार र वैत्येश्वरमा समेत युवाले प्रदर्शन गरेका थिए ।

प्रकाशित: ३२ जेष्ठ २०७७ २३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App