नुवाकोटको विदुर नगरपालिका-१० मा पर्ने बेत्रावतीस्थित एउटै घरभित्र २४ जनाको शव फेला परेको छ।
भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाए २४ जनाको शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीले नागरिकन्युजलाई जानकारी दिए।
उनले भने, 'बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ।' उनले सुरुका दिनका उक्त ठाउँमा दलदल भएकाले जान सक्ने अवस्था नभएको बताए। उनले अहिले उक्त घरमा आफूहरू गएर निरीक्षण गरिरहेको बताए।
प्रकाशित: १६ भाद्र २०८३ ०७:४१ मंगलबार





