१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

एउटै स्थानीय तहमा एकैदिन ७२ जनामा संक्रमण पुष्टि

दैलेखको एक स्थानीय तहमा एकै दिन ७२ जनामा कोरोना भाइरस संक्रमणको पृष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा नारायण नगरपालिकामा मात्रै ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नारायण नगरपालिका वडा नं. १ का एक, २ नम्बर वडाका २१, ३ नम्बर वडामा १५ जना, ५ नम्बर वडामा ६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै ६ नम्बर वडामा १४ जना, १० नम्बर वडामा दुईजना र ११ नम्बर वडामा १० जना कोरोना संक्रमित देखिएको महाशाखाले जनाएको छ । त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा नारायण नगरपालिका वडा नम्बर १० मा तीनजना कोरोनाका संक्रमतिा दखाएका छन् ।

यससँगै कर्णालीमा बिहीबार मात्र एक सय १४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीमा हालसम्म तीन सय ८९ जनामा कोरोना पृष्टि भएको छ ।

प्रकाशित: २२ जेष्ठ २०७७ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App