१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जनकपुरमा व्यापारी कुट्ने प्रहरी प्रदेश प्रहरी कार्यालयमा तानिए

जनकपुरमा लकडाउन उल्लंघन गरेको भन्दै व्यापारी र सर्वसाधारणलाई निर्मम तरिकाले कुटपिट गर्ने जिल्ला प्रहरी कार्यालय धनुषाका दुई जना प्रहरी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् ।  

बिहीबार विहान लकडाउन पालन गराउने क्रममा जनकपुरधामको जानकी मन्दिर नजिक स्थानीय व्यापारी श्याम चौधरी र उनका बुवा झगरु चौधरीका साथै बाटोमा हिड्दै गरेका सर्वसाधारणलाई समेत कुटपिट गर्ने असाई र प्रहरी जवान अनुसन्धानकालागि प्रदेश प्रहरी कार्यालयमा तानिएका हुन् । लकडाउन पालन गराउने क्रममा प्रहरीकै त्रुटि देखिएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी सहायक निरीक्षक मेरुलाल गुप्ता र प्रहरी जवान दिपक यादवलाई २ अनुसन्धानकालागि तानिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी जयराज सापकोटाले जानकारी दिए ।  

‘हामीले पाएको भिडियोमा दुबैजनाले लठीले कुटपिट गरेको देखिएको छ । प्रहरीले समेत आफुमाथि पहिले कुटपिट भएको भनेका छन् । तर भिडियो हेर्दा प्रहरीकै त्रुटि देखिएपछि उनीहरुलाई प्रदेशमा तानिएको छ,’ उनले भने । लकडाउनमा समेत पसल खोलेपछि प्रहरीले बन्द गर्न भन्दा व्यापारी र जानकी चौकीका प्रहरीबीच मुखामुख भएको थियो ।  

त्यसपछि केही बेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यपारीकासाथै सर्वसाधारणलाई कुटपिट गरेका थिए । घटना छावनविनकालागि प्रदेश प्रहरीका प्रवक्ता एसपी जयराज सापकोटाको नेतृत्वमा छानविन समिती समेत गठन गरिएको छ । घटनामा जानकी चौकीका सई राजा राम यादव समेत दोषी देखिएकाले उनी जिल्ला प्रहरी कार्यालय तानिएका छन् । लकडाउनकै क्रममा सर्वसाधारणमाथि निर्मम रुपमा प्रस्तुत भएको भेटिएपछि उनलाई यसअघि प्रदेश प्रहरी कार्यालयले सचेत गराएको थियो ।  

 

प्रकाशित: २२ जेष्ठ २०७७ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App