coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा भारतबाट आएका एक जनामा कोरोना संक्रमण

सिन्धुपाल्चोकमा भारतबाट फर्किएका एक जनामा कोरोना संक्रमण भेटिएको छ। जिल्लाको इन्द्रावती–१० का ३२ वर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ पाइएको हो। 

      राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा संक्रमितको थ्रोट स्वाब परीक्षण गरिएको थियो। मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा रहेका संक्रमित पुरुष स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। 

      उनी जेठ १३ गते भारतबाट मेलम्ची आइपुगेका थिए। उनीसहित आएका पाँच जनालाई घर जान नदिइ सिधै क्वारेन्टिनमा राखिएको थियो। सँगै भारतबाट अन्य चारमा भने कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको प्रजिअ ढकालले जानकारी दिए। संक्रमित पुरुष बस चढेर ठूलो समूहमा घर फर्केका थिए। धेरै काभ्रेका थिए। बीच–बीचमा ओर्लदैँ मेलम्ची आइपुग्दा संक्रमित पुरुषसहित पाँच जना मात्रै थिए। 

      संक्रमित पुरुषलाई उपचारका लागि आइसोलेसनमा सार्ने तयारी भइरहेको प्रजिअ ढकालले जानकारी दिए। योसमेत सिन्धुपाल्चोकमा कोरोना संक्रमण भेटिएको संख्या दुई पुगेको छ। पहिलो संक्रमित सुत्केरी महिलाको मृत्यु भइसकेको छ। उनी कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउने पहिलो थिइन्। धुलिखेल अस्पतालमा गएको बैशाख १ गते मृत्यु भएपछि महिलामा कोरोना पुष्टि भएको थियो। 

      पछिल्लो समय जिल्लामा भारतबाट फर्कँनेको संख्या बढ्दो छ। सातायता भारतबाट आएका ५७ लाई विभिन्न तीन क्वारेन्टिमा राखिएको छ। 

प्रकाशित: २१ जेष्ठ २०७७ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App