coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हावाहुरीले वडा कार्यालय र क्वारेन्टिनसहित डेढ सय घरको छाना उडायो

हावाहुरीका कारण छाना उडाएर क्षति भएको सिन्धुलीको गोलञ्जोर गाँउपालिकामा रहेको क्वारेन्टाइन भवन ।

सिन्धुलीमा हावाहुरीले ठूलो क्षति पु-याएको छ। लगातार दुई दिनदेखिको हावाहुरीले यहाँको मरिण गाँउपालिकामा एक सय ५० भन्दा बढी घरको छाना उडाएको छ। गाँउपालिकाको दुई ओटा वडा कार्यालयको छानासहित डेढ सय बढी घरको छाना उडाएको गाँउपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए।  

उनका अनुसार गाँउपालिकाको वडा नं २ र ४ को कार्यालय भवनको छाना उठाएको छ। दुई दिनदेखि हावाहुरीसँगै आएको बर्षाका कारण छाना उडाएपछि स्थानियको बिजोग भएको छ। वडा कार्यालयको छाना उडाउदा कार्यालय सञ्चालनका लागि समस्या भएको छ। भने स्थानीयलाई बासको समस्या भएको गाँउपालिकाले जनाएको छ। वडा कार्यालयको छाना उडाएपछि कार्यालयका महत्वपूर्ण कागजात पानीले भिज्ने भएकाले गाँउपालिकाको कार्यालयमा सािरएको छ। 

छाना उडाएका स्थानीयलाई गाँउपालिकाले जस्तापाता दिने व्यवस्था मिलाउन लागेको गाँउपालिका अध्यक्ष बम्जनको भनाई छ। गाँउपालिकाभर कति घरको छाना उडाएको छ, अझै यकिन विवरण आइसकेको छैन, हामी गाँउपालिकाको तर्फबाट विवरण आइसकेपछि राहतस्वरुप जस्तापाता वितरण गर्ने योजना हुदैछ। हावाहुरीकारण यहाँको गोलञ्जोर गाँउपालिकामा पनि ठूलै क्षति पुगेको छ। हावाहुरीले यहाँको गोलञ्जोर गाँउपालिकाको क्वारेन्टाइनको छाना उडाएको गाँउपालिकाले जनाएको छ।  

गाँउपालिकाका प्रवक्ता दौलत कार्कीका अनुसार हावाहुरीले छाना उडाएपछि क्वारेन्टाइनमा रहेका ६ जनालाई स्थानान्तरण गरि खुर्कोटमा ल्याइएको छ। मजदुरीका लागि भारत गएका स्थानीय फर्किसँगै उनिहरुलाई राखिएको क्वारेन्टाइनको छाना उडाएपछि खुर्कोटमा रहेको क्वारेन्टाइनमा सारिएको गाँउपालिकाले जनाएको छ। यसअघि आएको हावाहुरीले विद्यालयको छानासहित झन्डै ७० घरको छाना उडाएको थियो। 

यस बर्ष लगातार हुरीआएपछि स्थानीय त्रसित बनेका छन्। मौसममा गडबडी आउनेवित्तिकै हावाहुरी आउने चिन्ता स्थानियमा बढ्न थालेको छ। निरन्तर परेको हावाहुरीले यहाँको कमलाखुँज क्षेत्रमा आप झरेको स्थानिय किसानले बताएका छन्। यस्तै जुनार क्षेत्रमा जुनार समेत झरेको छ। जुनारमा चिचिल्ला लाग्ने समयमा हावाहुरीले क्षति पु¥याएको छ भने पाक्ने तयारीमा रहेको आप झरेपछि किसान चिन्तित बनेका छन्। 

प्रकाशित: १५ जेष्ठ २०७७ ०५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App