१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

बाढीको क्षति: २२ पुल भत्किए, ४० किमि सडक ध्वस्त

भोटेकोशी नदीमा बुधबार बिहान आएको भिषण बाढीले २२ वटा पुल तथा ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त बनाएको छ । यसैगरी १० किमि सडक आशिंक रूपमा ध्वस्त बनाएको छ ।  

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक र  पुल ध्वस्त हुँदा करिब २० अर्ब रुपैयाँ नोक्सानी भएको छ ।

बाढीले रसुवागढीबाट मलेखुसम्म भोटेकोशी र त्रिुशली नदीमा ठाउँ ठाउँमा पूल ध्वस्त बनाएको छ । ती मध्ये बेत्राबती, चाँदी र मलेख मुख्य मुख्य पुल हुन  ।  

विभागले आशिंक क्षति भएको सडकमा बुधबारदेखि नै ममर्त सुरु गरेको छ । ‘त्रिशुली बजार र गल्छीबाट मलेखुसम्म हामीले सडकको ममर्त गर्न आजै (बुधबार)देखि नै सुरु गरेका छौ । मर्मतको काम भोलि (बिहीबार)पनि जारी राख्छौ’ न्यौपानले भने ।  पुल र सडकमा क्षति हुँदा आगमनमा कठिनाइ उत्पन्न भएको छ भने त्यस क्षेत्रमा जनजीवन कष्टकर बनेको छ ।  

विकट भौगलिक कठिनाइ र वर्षायामले गर्दा सडक ममर्त गर्न विभागलाई कठिनाइ भएको विभागका कर्मचारीहरू बताउँछन् । ‘तै पनि हामीले सकेसम्म मर्मतको काम गरीरहेका छौ’ एक कर्मचारीले भने ।

प्रकाशित: १० भाद्र २०८३ १८:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App