१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

बाढीले बगाएर ल्याएका पाँच शव धादिङमा फेला

भोटेकोसीमा आएको बाढीले ल्याएका पाँच जनाको शव धादिङमा फेला परेका छन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार हालसम्म धादिङमा कुनै पनि मानवीय क्षति नभएपनि रसुवाबाट बगाएर ल्याएका पाँच वटा शव फेला परेका हुन् ।

बाढीले भौतिक संरचनामा बढी क्षती पारेको छ । उनका अनुसार धादिङ जिल्लामा ५ वटा पक्की पुल र १० वटा झोलुङ्गे पुल बगाएको छ । यस्तै पृथ्वी राजमार्ग अन्तरगत पर्ने गजुरी, गल्छी लगायतका स्थानमा लेदो आएर बसेका कारण भोलि सवारी आवागमन पुर्णरुपमा बन्द गरिएको छ ।  

लेदो हटाउन समय लाग्ने भएकाले आज राति सवारी अवागमन बन्द गरिने उनले जानकारी दिइन् । धादिङ्को सदरमुकामा जोड्ने पाँच वटा पुल बगाएका कारण आवागमनमा समस्या परेको समेत उनले बताइन ।

उनका अनुसार त्रिशुलीमा रहेका ८ वटा पुल मध्ये दुई वटा पुल मात्र बचेका छन् । यता भोटेकोसीमा आएको बाढीका कारण चितवनमा भने कुनै भौतिक तथा मानविय क्षती गरेको छैन ।

 

प्रकाशित: १० भाद्र २०८३ १८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App