६ वैशाख २०८१ बिहीबार
समाज

डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यक्षेत्रमै बास

म्याग्दी प्रहरी कार्यालय ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी फ्रन्टलाइमा खटिएका प्रहरीलाई कार्यक्षेत्र आसपासमै अस्थायी टेन्टमा राखिने भएको छ । काठमाडौं लगायत देशका विभिन्न जिल्लामा खटिएका प्रहरीलाई समेत कोरोना देखिएपछि म्याग्दी प्रहरीले कार्यालय बाहिर खटिएकालाई डिउटीस्थलमै सुत्ने, खाने व्यवस्था मिलाएको हो । 

लकडाउनमा कडाइ गर्न खटिएकामा संक्रमणको जोखिमलाई मध्यनजर गरी बेनी बजारको विभिन्न स्थानमा करबि १२ वटा ब्लक बनाउने प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । ‘बजारको सुरक्षामा खटिएकालाई उचित व्यवस्थापन गरिने छ, ‘यसले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्छ’ प्रनाउ कुँवरले भने । उनले समुदायमा रहेका सार्वजनिक भवन तथा व्यक्तिगत रुपमा रहेका जमिनहरुमा टेन्ट राखिने छ । प्रहरीले गस्ती अनुसार बस्ने संरचना तयारी शुरू गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि चौबीसै घण्टा डिउटीमा खटिएकामा संक्रमणको जोखिमसँगै व्यस्तता बढेको प्रनाउ कुँवरको भनाइ छ । एकदुई जनामा संक्रमण देखिए कार्यालय नै सिल गर्नुपर्ने अवस्थामा जिल्ला बाहिरबाट जनशक्ति ल्याउनुपर्ने र व्यवस्थापनमा समेत समस्या हुने भएकाले आवश्यक सर्तकता अपनाएर डिउटीमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सीमित सुरक्षा सामाग्रीको भरमा प्रहरीको सक्रियता ह्वात्तै बढेको छ । महामारी त्रासका कारण प्रहरीले आराम गर्न समेत नपाउने अवस्था रहेको एक प्रहरीले बताए । ‘गाउँ र सहरमा डिउटीको लोड बढेको छ, ‘लकडाउन उल्लंघन गर्नेलाई सचेत गराउनुको साथै सीमानाबाट प्रवेश रोक्नुपरेको छ’ एक प्रहरीले भने । सदरमुकाम बेनी सहित जिल्लाका सबै स्थानीय तहमा प्रहरीले समुदायसँग सहकार्य गरी गस्ती गरिरहेको छ । यसैबीच सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको स्वाब समेत परीक्षण गरिएको छ । 

प्रकाशित: ९ जेष्ठ २०७७ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App