coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखा आउनेहरु कोरोना परीक्षणपछि मात्रै घर जान पाउने

 आजदेखि गोरखा आएकाहरु कोरोना परीक्षणपछि मात्रै घर जान पाउने भएका छन्। जिल्ला भित्रनेहरुलाई सम्वन्धित नाकाको नजिक रहेको क्वारेन्टिनमा राखेर कोरोना परीक्षण पछि, रिपोर्टका आधारमा मात्रै घर पठाउने सरोकारवालाहरुको बैठकले निर्णय गरेको प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताए।  

आँबुखैरेनी, तुरतुरे, बेनिघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपाल भित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन्। गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने नीति लिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए। समुहगत रुपमा प्रवेश गर्नेलाई मास क्वारेन्टाईनमा राख्ने, संम्बन्धित पालिकाको जिम्मा लगाउने निर्णय बिहिवारको बैठकले गरेको छ। नाकामा रहेका क्वारेन्टिनलाई थप ब्यवस्थित बनाउने, चेकजाँचमा कडाई गर्ने, खाद्यान्न निर्माण लगायतका अत्यावस्यक सामग्री जिल्ला भित्र बिहान ६ देखि १० बजे सम्म ढुवानी गर्न दिने निर्णय भएको छ।  

एम्बुलेन्समा मानिस आउजाउ गरेको गुनासो आएकाले जानेदेखि फर्कने ठाउँसम्म एम्बुलेन्सलाई चेकजाँच हुने भएको छ। कोरोनाका बिरामीलाई तत्काल उपचारमा सहयोग पुग्ने गरी दुईवटा एम्बुलेन्स जिल्ला प्रहरी कार्यालयमा तयारी राख्ने निर्णय समेत बैठकले गरेको प्रमुख जिल्ला अधिकारी  पौडेलले बताए।  

 

 

 

प्रकाशित: ९ जेष्ठ २०७७ ०४:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App