१५ चैत्र २०८० बिहीबार
समाज

हत्यामा संलग्न तीन जना अभियुक्त पक्राउ

हत्यामा संलग्न तीन जना अभियुक्तहरु पक्राउ पछि सार्वजनिक गर्दै प्रहरी ।

डोल्पा

त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीस्थित हिमाली सामुदायिक वनका अध्यक्ष हत्या गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका– १ रल्ली गाउँका ४३ वर्षीय ओमबहादुर शाही ३७ वर्षीय धन बुढा र गल्ली गाउँका ३० वर्षीय जयबहादुर कठायत रहेका छन । पक्राउ परेका तीनै जनालाई बिहिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलेन गरेर सार्वजनिक गरिएको हो । 

पक्राउ परेका  अभियुक्तसंगै खानामा मिसाइएको वनमा पाइने बिषदी समेत प्रहरीले सार्वजनिक गरेको छ । जेष्ठ २ गते साँझको ८ बजेको समयमा अभियुक्तहरुले वनमा पाइने जडिबुटीको बिष मिसाएको खाना खाँदा हिमाली सामुदायिक वनका अध्यक्ष रहेका  रल्ली गाउँका ३२ वर्षीय सुकलाल कुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । खाना खाएको केहि छिनमै एक्कासि बान्ता गर्न थालेपछि  सुकलाल कुलाल उनकी जेठी श्रीमती २८ वर्षीय रुप्सी कुलाल र कान्छी श्रीमती २७ वर्षिया विन्दु कुलाललाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएकोमा उपचारको क्रममा  जेठ ३ गते विहान २ बजेको समयमा अध्यक्ष कुलालको मृत्यु भएको र श्रीमती दुबैलाई थप उपचारको लागि हेलिकप्टेरबाट सुर्खेत लगेर उपचार भइरहेको प्रहरी नायव उपरिक्षक नारायण रन्जितकारले जानकारी दिए ।

अध्यक्ष कुलालको मृत्यु लगतै प्रहरी निरिक्षक हरिराम डाँगीको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा पठाएर अनुसन्धान गर्दा खानामा मिसाएको वनमा पाइने बिषदीले मृत्यु भएको र पक्राउ गरिएका अभियुक्तहरुको नाममा किटानी जाहेरी समेत परेकाले पक्राउ परेका तीनै जनालाई जेठ ५ गतेबाट लागु हुने गरि डोल्पा जिल्ला अदालतबाट पहिलो पटक १५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखि थप अनुसन्धान जारि रहेको पनि प्रहरी नायव उपरिक्षक रन्जितकारले बताए ।

प्रकाशित: ८ जेष्ठ २०७७ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App