१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

तिब्बत सरकारले दिएको पीपीईसहितका सामग्री लिन नेपाली अधिकारी टिपताला जाने

ताप्लेजुङ – चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ताप्लेजुङका लागि दिएको व्यक्तिगत स्वास्थ्य सुरक्षा सहितका सामग्री (पीपीई) लिन यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्व टोलीलाई सीमावर्ती नाका टिपताला पठाईने भएको छ ।  कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले सहायक प्रजिअ केशव खतिवडा र जिल्ला समन्वय समितिका शाखा अधिकृत गणेश अधिकारीसहितको टोली सोमबार टिपतालातर्फ जाने निर्णय लिएको हो ।

 कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले तिब्बतको रिउ आई पुगेको सामग्री बुझ्न टोली टिपतालातर्फ लागेपछि रिउबाट सामग्री लिएर त्यहाँका अधिकारी टिपताला सम्म आई पुग्ने जानकारी दिए । करिव ५ हजार २ सय मिटर उचाईको टिपताला नेपाल–तिब्बत सीमा नाका हो । नेपाल–तिब्बतको ब्यपारिक नाका ओलाङ्चुङगोलाबाट करिव २५ किलोमिटर माथि रहेको टिपतालाबाट रिउ झण्डै उतिनै अर्थात् २५ किमी हारहारी नै टाढा छ । 

तिब्बत सरकारले दिन लागेको ति सामग्री रिउ बजारबाट टिपताला सम्म भने सवारीबाट ल्याउने तिब्बती अधिकारीको योजना छ । यसअघि यहाँको उत्तरी सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका लागि खाद्यान्नसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) दिएको तिब्बत सरकारले रिउबाट टिपताला सम्म सवारीमार्फत नै ढुवानी गरेर स्थानीय जनप्रतिनिधिलाई बुझाएको छ । अहिले पनि हिउँको प्रभाव कायम रहेकोले फक्ताङ्लुङ गाउँपालिकाका प्राप्त सामग्री रिउबाट निकै कष्टपूर्ण ढंगले ल्याईएको थियो । हिउँले सो भन्दा उधों ल्याउन नसकेपछि फक्ताङ्लुङ गाउँपालिकाका प्राप्त सामग्री टिपतालामै भण्डारण गरेर सहज समय भएपछि सीमावर्ती क्षेत्रका बासिन्दालाई बितरणको योजना बनाएका छन् । 

अहिले भने तिब्बत सरकारले ६ आईटमका स्वास्थ्य सुरक्षाका सामग्री पठाएको जनाएको छ । १ हजार १ सय थान पीपीई, १ सय थान थर्मगन,करिव १ लाख १० हजार थान बढी सर्जरी मास्क, १ हजार २ सय थान एन–९५ मास्क र सेनीटाईजर सहितका सामग्री रहेका छन्  । ¥यापीड डाईग्नोष्टिक किटसहित स्वाब संकलन गर्ने भाईलसहित रहेको भनिएपनि कति सामग्री छन् भन्ने चाँहि यकिन भई नसकेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।  

 

 

प्रकाशित: ३ जेष्ठ २०७७ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App