४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

रोल्पामा बम विस्फोट, ४ बालबालिकाको मृत्यु

घटनास्थलमा फेला परेको टुइन्च मोर्टारको सेल

रोल्पा - रोल्पाको त्रिबेणी गाउँपालिका ७ नुवागाउँ दुम्ला खोला आसपासमा बिहीवार बेलुका विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ।

साँझ ६ बजेतिर भएको बिस्फोटमा ४ जना बालबालिकाको मृत्यु भएको हाे। गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीका अनुसार बाख्रा गोठालो गएका उनीहरुको बम पड्किएर मृत्यु भएको हो।
 
मृत्यु हुनेमा त्रिबेणी ७ का १४ बर्षिय लोकिराम डागी, ११ बर्षिया बिमला खत्री, ५ वर्षिय बिजय खत्री र त्रिबेणी ४का १३ बर्षिय गौरव नेपाली रहेको प्रहरीले जनाएको छ।

रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले उक्त बम तत्कालीन सशस्त्र युद्धताकाको हुन सक्ने बताएका छन्। उनका अनुसार ‘प्रहरी घटना स्थलमा पुगिसकेको छ। अर्को बम पनि संगै रहेकाले नेपाली सेनाकोे बम डिस्पोजल टोली पुगेपछि थप अनुसन्धान हुने छ।’

प्रकाशित: १८ वैशाख २०७७ १४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App