१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नियन्त्रण नजिक भाइरल ज्वरो, उपचारपछि बिरामी घट्दै

बाजुरा- हिमाली र स्वामिकात्र्तिक गाउँपालिकामा देखिएको भाइरल ज्वरोको संक्रमण कम हुँदै गएको छ। स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेर उपचार सेवा सञ्चालन गरेपछि बिरामीको संख्या थपिने क्रम घटेको छ। बिरामी बाहेक थप व्यक्तिहरुमा संक्रमण नदेखिएको र अवस्था सहज हुँदै गएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन्।

बिरामीको ल्याब परिक्षणको काम भईरहेपनि भाइरल ज्वरोकै लक्षण देखिएकोले संक्रमण उपचारपछि कम हुँदै गएको पन्तको भनाई छ। प्रदेश स्तरबाटै ल्याब टेक्नीसियन पठाईएको थियो। भने स्वास्थ्य कार्यालय बाजुराले डाक्टर राजुराज जोशीको नेतृत्वमा टिम गाउँमा खटाएको छ।

टोलीले प्रत्येक घरमै पुगेर उपचार सेवा दिईरहेको छ। स्थानीय तहले आफ्नो मातहतका सबै स्वास्थ्य चौकीबाट उपचारका लागि गाउँ गाउँमा टोली परिचालन गरिरहेको छ। पुराना बिरामी निको हुने अवस्थामा पुगेपनि अर्को स्थानमा पनि देखा पर्न सक्ने अवस्थालाई मध्येनजर गरेर टोली गाउँमा खटाएको स्वास्थ्य कार्यालयले बताएको छ।

औषधीसहित दक्ष स्वास्थ्यकर्मी पठाएको र हालसम्म ४ सय ७७ जनाको उपचार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले पनि बताएको छ। प्रशासनले गृह मन्त्रालयलाई समेत अवस्था सामान्य रहेको व्यहोरा पठाएको छ।

स्वामिकात्र्तिक गाउँपालिका-१ जोरुमा २ जनाको ज्वरोकै कारण ज्यान गएको स्थानीयले बताए पनि प्रशासन कार्यालयले दिर्घरोगको संक्रमणका कारण मृत्यु भएको गृह मन्त्रालयलाई जानकारी गराएको छ। स्वास्थ्यकर्मीले पनि आवश्यक ल्याब परिक्षणपछि मात्र मृत्युको कारण भन्न मिल्ने बताएका छन्।

आफन्तहरुले भने ज्वरोकै कारण थला परेको र ज्यान गएको बताएका छन्। वडा अध्यक्ष जनकबहादुर रोकायाले समेत भाइरल ज्वरोको कारण मिमा कडारा र दलबहादुर रावलको मृत्यु भएको बताएका छन्। गाउँमा अझै सय बढी बिरामीको संख्या रहेको बताईएको छ।

छिमेकी हुम्ला जिल्लाबाट रोगको संक्रमण फैलिएको र केही दिनसम्म त्यसको असर अझै बाँकी रहने स्वास्थ्यकर्मीले बताएका छन्। ७ देखि १० दिनसम्म लक्षण देखिने र बिरामी निको हुन लाग्ने भएकोले पूर्ण नियन्त्रणमा आउन ढिलाई भए पनि अवस्था सामान्य बन्दै गएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।  

थप संक्रमण फैलिए पनि स्वास्थ्यकर्मी, औषधि तयारी अवस्थामा राखिएको सम्बन्धि गाउँपालिकाले जनाएको छ। आफूले गर्न सक्ने भन्दै ढिला गरि खबर गर्दा जिल्लाबाट स्वास्थ्यकर्मीको टोली जान ढिलाई भएको र ज्वरोको संक्रमण व्यापक फैलिएको हो।

प्रकाशित: २३ माघ २०७६ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App