coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अकुपाईं टुँडिखेलः तीन महिनाको समिक्षा, सोचेजस्तो प्रगति हुन नसकेको ठहर

काठमाडौं - शनिबार अकुपाईं टुँडिखेल अभियान अन्तर्गत विगत तीन महिनामा भएका प्रगतिहरुको बारेमा जानकारी दिइएको छ। विगत तीन महिनामा भएका उपलब्धि, र अब अभियानले गर्ने कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो। अभियानका प्रवक्ता संजय अधिकारीले अभियान सुरु गरेको तीन महिना बितेपनि सोचेजस्तो प्रगति हुन नसकेको बताए।

आगामी हप्ता महानगरपालिकाको कार्यालमा गएर अनुगमन प्रतिवेदन कार्यान्वयका लागि दबाव दिने, वन तथा वातावरण मन्त्रालयम गएर टुंडिखेललाई संरक्षित क्षेत्र घोषणा गराउने लगायतका कार्यक्रम गरिने उनले बताए।

मानवअधिकारकर्मी कपिल श्रेष्ठले विपि कोइरालादेखि पुष्पकमल दाहालसम्मको सभा हुँदा रत्नपार्कदेखि वीर अस्पतालसम्म जनताहरु हुने भएपनि अहिले सबै ठाउँ अतिक्रमणमा पर्दै गएको बताए। वीर अस्पतालका पूर्व निर्देशक भूपेन्द्र बस्नेतले २०७२ सालमा भूकम्पको समयमा धेरैको आश्रयस्थत टुंडिखेल भएपनि अहिले त्यस्तो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे।

अभियानले अपलब्धिका रुपमा खुला ठाउँको पक्षमा जनमत निर्माण भएको, स्थानीय सरकारलाई उत्तरदायी बनाउने प्रयास भएको र वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएका सामाग्री तथा कामदारको वासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन सुरु गरिएकोलाई लिएको छ। अभियानले प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा समेत गरेको छ।

प्रकाशित: १८ माघ २०७६ ११:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App