कपिलवस्तुको बाणगंगा नगरपालिका– ९ लौगाईमा १० लाखको गरगहना चोरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
गत जेठ २१ गते घरमा कोही नभएको मौका छोपी स्थानीय ठाकुर भण्डारीको घरबाट गरगहना चोर्ने २ जना २४ घन्टा मै पक्राउ परेका हुन । सुनचादी ब्यवसायी र सिसि टिबि फुटेका आधारमा अनुसंधानकाक्रममा उनीहरु चोरिएको गहरहना सहीत पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक देबेन्द्रराज जोशीले बताए ।
पक्राउ पर्नेमा लौगाई कै२३ बर्षिय नबिन थारु र समिक्ष पौडेल रहेका छन । दुबै जनाले घरको मुख्य गेट र दराज फोरेर गरगहना चोरेका थिए । सुनको मिनिहार,सुनको औठी सिक्रि, माईली तिलहरी, झुम्का, चादीको सिक्रि,चादीको सिक्का,नौगेडही र सिरबन्दी, २ थान घडी चोरेका थिए ।
पक्राउ परेको दुबै जनालाई चोरी सम्बन्धी मुद्दामा अदालतबाट ७ दिनको म्याद थप गरी अनुसंधान प्रकृया अघि बाढइएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
प्रकाशित: २४ जेष्ठ २०८३ २०:४५ आइतबार





