२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

खोलामा पानी नहुँदा दाहासंस्कारमा समस्या

हाइड्रो पावरमा पानी लिएपछि सुकेको हेवाखोला। तस्बिर: नागरिक

पाँचथर - मंगलबार हेवाखोला घाटमा दाहासंस्कारका लागि खोलामै चिता बनाउनुपर्यो। यस अघि व्यवस्थीत रूपमा बनाइएको घाटमा पानी नभएपछि खोलामै चिता बनाउनु परेको हो। यो नौलो घटना भने होइन। फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाका स्थानीयवासीले दाहासंस्कार गर्ने यो घाटमा अहिले पानी नहुँदा समस्या हुने गरेको छ। हेवाखोला र फेमेखोलाको पानी जलविद्युत् आयोजनामा प्रयोग गरेपछि यहाँ दाहासंस्कारका लागि समेत पानीको अभाव हुने गरेको छ। जलविद्युत् आयोजनाले खोलामा पानी नै नहुने गरी इन्टेक निर्माण गरेर विद्युत् गृह तर्फ लैजाँदा दाहासंस्कार गर्न समस्या हुने गरेको स्थानीयको भनाइ छ। दाहासंस्कार मात्र नभइ यहाँका खेतबारीमा समेत सिचाईंको अभाव हुनुका साथै पानीमा बसोबास गर्ने जनावरहरू नष्ट हुन थालेका छन्।

जलविद्युत् आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छाड्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तर यहाँ यस्तो कानुन कार्यान्वयन नहुँदा खोला आसपासका सर्वसाधारण प्रभावित भएका छन्। हेवाखोला र फेमेखोलाको पानी माउण्टेन हाईड्रो पावर कम्पनीको तल्लो हेवा जलविद्युत् आयोजनाका लागि प्रयोग गर्दै आएको छ। २२ मेगावाट क्षमता रहेको उक्त आयोजनाले खोलाको पानी सबै लैजाँदा यो क्षेत्र प्रभावितभएको हो।

नियमसंगत रुपमा छाड्नु पर्ने पानी समेत नछाड्दा खोलासमस्या देखिएको छ। थापाटार लगायतको क्षेत्र खेतीकालागिमहत्पूर्ण क्षेत्र मानिन्छ। धान, तरकारी सहितअन्य खेतीबालीहुने यो ठाँउमा सिचाई कुलोमाल्याउने पानी समेत छैन। हेवा खेला माछाकालागि चर्चित भएपनिहाईड्रोले पानी लगेपछि माछा मार्ने काम समेत बन्दभएको छ। धेरैले खोलामापनीनहुदाखोलाकै महत्वनभएको तथा कृषकहरुलाई समस्या परेको भनेर कुरा उठेको धेरै भएपनियसको सुनुवाइ भने हुन सकेको छैन।

खोलामा पानी नहुँदा दाहासंस्कारमा ठूलो समस्या हुने गरेको फिदिम–४, का वडाध्यक्ष प्रकाश गुरुङले बताए। यस विषयमा पटक–पटक कुरा उठाउँदा समेत सम्बन्धित सरोकारवालाले कुनै चासो नदेखाएको उनको भनाइ छ। विद्युत् आयोजनाले खोलामा पानी नछोडेमा स्थानीयले आन्दोलन गर्ने चेतावनी समेत दिने गरेको उनले जनाए। ‘मौखिक रूपमा हाईड्रोपावर कम्पनीसँग पटक–पटक अनुरोध गरेको छु अझै सुनेको छैन। नियम अनुसार खोलामा पानी छाडीएको छैन,’ उनले भने ‘यहि अवस्था भए स्थानीयहरू आन्दोलनमा उत्रन बाध्य हुने छन्।’

यहाँमात्रै होइन अन्य जलविद्युत् आयोजनाले पनि नियम अनुसार खोलामा पानी नछोडेको बताइएको छ। अहिले यहाँका अधिकांश खोला सुख्खा देखिन्छ। सबै विद्युत् आयोजनाले सुरुमा नियम अनुसार खोलामा पानी छोडेपनि अहिले भने बन्द गरेको स्थानीयको भनाइ छ।

प्रकाशित: २७ मंसिर २०७६ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App