३ असार २०८१ सोमबार
image/svg+xml
समाज

केसीको समर्थनमा झुरो बाली राँके जुलुस

केसीको समर्थनमा राँके जलुसपछि भिमदत्त चोकमा गरिएको कोणसभा । तस्बिरः नागरिक

डडेल्धुरा- गत सोमबारदेखि सरकारसँग ७ बुँदे माग राख्दै डडेल्धुरामा १७ औँ पटक सत्याग्रह थालेका प्रा.डा गोविन्द केसीले वर्तमान सरकार दम्भमा रहेको बताएका छन्। सरकार दम्भमा रहेका कारण देशको शिक्षा र स्वास्थ्य नीति राम्रो बन्न नसेको उनले बताए।

आइतबार अपरान्ह डा केसीको अनसनस्थल डडेल्धुरा अस्ताल पगेका सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले आफुलाई जुम्लामा थालेको आमरण अनसनमा पनि सरकारले जबरजस्ती गरेको बताए। आफु आफ्ना मागहरुप्रति प्रतिबद्ध भएर लाग्ने जनाउँदै उनले सरकारलाई अझै कडा भन्दा कडा मागहरु राख्ने बताए। उनले प्रत्येक नागरिकले शिक्षा र स्वास्थ्य निशुल्क रुपमा पाउनुपर्ने बताउँदै नेपालीहरुले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई जनताको मालिक होइन जनताको सेवक भएर सत्तामा पुर्याउन जनताले भोट दिएको स्मरण गराए। सर्वसत्तावादी हुँ भन्ने कम्युनिष्ट सरकार माफियाहरुसँग मिलेर सत्ता चलाउन खोजेको समेत उनले बताए। 

केसीका सबै माग सरकारले तत्काल पुरा गर्नु पर्ने भन्दै नागरिक समाजको अगुवाईमा विभिन्न संघसंस्था तथा डडेल्धुरावासीले ६ दिनदेखि प्रदर्शन गर्दै आएका छन्। चिकित्सा शिक्षा क्षेत्रको सुधार एवं सरकारले आफुसँग भएका सम्झौता कार्यान्वयनको माग राखी केसीले १७ पटकको सत्याग्रह डडेल्धुराबाट थालेका छन्। 

केसीको जायज रहेको र सरकारले पुरा गर्नु पर्ने भन्दै यहाका संघ संस्थाका प्रमुख पदाधिकारी, समाजसेवी अगुवाहरुले समर्थन जनाउँदै आएको छ। माग सम्बोधनका लागी सरकारले कुनै प्रतिक्रिया नदिएको भन्दै डडेल्धुरा सदरमुकाम क्षेत्रमा ६ दिन यता लगातार प्रदर्शन हुँदै आएका छन्।

डा केसीले आमरण अनसन थालेको ६ दिनसम्म पनि सरकारले कुनै प्रतिक्रिया नजनाएपछि जिल्ला सदरमुकाम बागबजारमा आइतबार झुरो जुलुस निकालिएको छ । विद्युत नहुदा सुदूरपश्चिमवासीले झुरो बालेर उज्यालो बनाउँथे। सल्लाको रुखबाट निकालिने झुरो जल्ने भएकाले उज्यालोका लागि प्रयोग हुँदै आएको थियो। सरकार अध्यारोमा सुतेकाले झुरो बाली बिउझाउन झुरो जुलुस निकाएको प्रदर्शनका अगुवा नेपाल चेम्बर अफ कर्मसका सुदूरपश्मिच प्रदेश संयोजक प्रकाश साउदले बताए। 

यस अघि १६ पटकसम्म अनसन बस्दा चिकित्सा शिक्षा र स्वास्थ्य उपचारमा सबैको समान पहुचका माग राखी आन्दोलित केसीले यस पटक सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा वा डोटीमा मेडिकल कलेज निर्माण र कर्मचारी समायोजनाले डडेल्धुरा अस्पताललगायत देशभरीका अधिकांश अस्पताल स्वास्थ्य केन्द्रमा चिकित्सा, दक्ष जनशक्तिको अभाव रहेकाले दरबन्दी अनुसारका पदपुर्ती गर्नुपर्ने माग उनको छ। उनले भने, यो माफिया व्यवसायीको विरुद्धमा छ भने सबैले बुझ्नुपर्ने आम नेपालीका लागि चिकित्सा शिक्षा र स्वास्थ्यमा सरल, सहज, समान पहुच अनि सस्तो स्वास्थ्य उपचार पाउनुपर्ने पक्षमा छ। हामी सबै नेपाली धनी छैनौं। उपचारै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था छ। यस कारण अन्धो सरकार, सुतेको सरकारलाई बिउझाउने, अध्यारोलाई उज्यालो बनाउन दिउँसै झुरो बाली राँके जुलुस निकालिएको उनले बताए।

केसीको समर्थनमा डडेल्धुराको बागबजारमा प्रदर्शन समेत गरिएको छ। स्थानीयहरुले आइतबार दिउसो भफुरो बाली राँके जुलुससमेत प्रदर्शन गरेका छन्। प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि प्रहरीविरुद्ध समेत नाराबाजी गरिएको थियो। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले आइतबार पनि विरोध लाई कडा रुपले प्रस्तुत गरेका थिए। 

प्रदर्शनकारीले राँको बाली बागबजार क्षेत्र परिक्रमा गर्दा प्रहरीले हस्तक्षेप गर्न खोज्दा सामान्य झडक भएको थियो। दिउँसो बजार पुर्ण रुपले बन्द गरिएको थियो भने एम्बुलेन्स र अति आवस्यकीय सवारीका साधन बाहेक सबै सवारीमका साधनहरु आन्दोलन अबधीभर बन्द रहे।

प्रजातान्त्रिक शिक्षक संघ डोटीका अध्यक्ष लोकराज भट्टले डा केसीका मागहरु जायज भएको भन्दै गरिब र निमुखाका लागी उनको अभियान भएकोले यसमा सबैले साथ दिनुपर्ने बताए। नेपाली कांग्रेस जिल्ला पार्टि सभापती तथा सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लले डा बाबुराम भट्राई प्रधानमन्त्री हुँदादेखि केसी पटक पटक गरी वर्तमान अवस्थामा केपी ओली नेतृत्वको सरकारसम्म आमरण अनसनमा रहि आएको स्मरण गराए। उनी निस्वार्थ रुपले यो महाअभियानमा आएकाले उनको योगदानबारे सबैले बुझिदिन आग्रह गरे।

प्रकाशित: २४ कार्तिक २०७६ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App