१८ मंसिर २०८२ बिहीबार
image/svg+xml २०:३६ अपराह्न
समाज

जुम्लाका १९ वडा प्रकोपको उच्च जोखिममा, मनसुन तथा पूर्वतयारी प्रतिकार्य कार्ययोजना लागु

जुम्लाका १९ वटा वडाहरु प्रकोपको उच्च जोखिममा छन्। ६० वडामध्ये १९ वडाहरु प्रकोपको उच्च जोखिममा रहेका हुन्।  

चन्दननाथ नगरपालिका भित्रका १, २, ३, ४ र ७ नम्बर वडा, तिला गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडा, तातोपानी गाउँपालिकाका १, २, ३, ४, ५ र ६ नम्बर वडा, गुठिचौर गाउँपालिकाका १, २ र ३ नम्बर वडा र कनकासुन्दरी गाउँपालिकाको ६ नम्बर वडा उच्च जोखिम छन्।  

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार, यी वडामा बाढी तथा नदी कटान, पहिरो, हावाहुरी र चट्याङ जस्ता प्रकोपको उच्च जोखिम देखा परेका छन्।  

प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माका अनुसार ३४ वटा वडा प्रकोपको मध्यम जाखिममा छन्। मध्यम जोखिममा तिला गाउँपालिका,सिंजा गाउँपालिका, तातोपानी गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका र हिमा गाउँपालिकाकाका वडाहरु रहेको प्रजिअ शर्माले बताए ।  

यस्तै हावाहुरी र पहिरो प्रकोपको समान्य जोखिममा चन्दननाथ नगरपालिका भित्र चार वटा वडा छन्।  

कुनै पनि प्रकोपको जोखिम नदेखिएका वडामा सिंजाको ६, हिमाको ७ र चन्दननाथ नगरपालिकाको ९ नम्बर वडा छन्। जुम्लामा एक नगरपालिका र सात गाउँपालिका छन्।  

जुम्लामा मनसुन तथा पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८२ तयार गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मिनबहादुर रावलले बताए। उच्च स्तरको बाढी र पहिरोको पूर्वतयारी तथा प्रतिकार्यका लागि उपलब्ध श्रोत र साधनहरुको अधिकतम उपयोग गरी जिल्ला विपद् व्यवस्थापन समितिवाट गरिने प्रतिकार्यलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने यस योजनाको मुख्य उद्देश्य छ। 

प्रकाशित: २२ श्रावण २०८२ १८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App