८ वैशाख २०८१ शनिबार
समाज

बिच बाटोमै थन्कियो पहिरो पीडीतको राहत

पहिरो पीडीतहरुका लागि लगिएको राहत बिच बाटोमै थन्काइँदै। तस्विरः शिवलाल सुवेदी/गुल्मी।

गुल्मी - सडक अवरुद्ध हुदाँ पहिरो पीडीतहरुका लागि ल्याइएको राहत बिच बाटोमै थन्किएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकका लागि विभिन्न सघं सस्थाहरुले सकंलन गरेर पठाएको राहत सडक बन्द हुदाँ बिच बाटोमै थन्किएको हो।

मगंलवार रातिको पहिरोमा  गाउँपालिकाको वडा नम्बर ३ र ४ मा १३ जनाले ज्यान गुमाएका छन्। यस्तै करिव ६० घरपरिवार विस्तापित भएका छन। पहिरोका कारण आफ्नो घर छोड्न बाध्य भएका पहिरो पीडीत परिवारका लागि सकंलन भएको राहत सडकहरु अवरुद्ध हुदाँ बाटोमै थन्काएर फर्किन परेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीका मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले गुनासो गरे।

मगंलबार सत्यवती गाउँपालिकामा पहिरोले धेरै जनधनको क्षति पु¥रायो मन्त्री श्रेष्ठले भने,‘६० घरपरिवार विद्यालयमा आश्रय लिइरहेकोले केही मलम लगाउन राहत लिएर गएका थियौ। सडक अवरुद्ध हुदाँ विच वाटोमै थन्काएर तम्घास फर्कियो।’ सत्यवती गाउँपालिकामा वडा नम्बर ३ ठूलो लुम्पेक पहिरो पीडित परिवारजनलाई नेपाल रेडक्रस गुल्मीबाट तत्कालका लागि राहत स्वरूप लगेका ५० कम्बल गाउँपालिका १ अस्लेवामा जिम्मा लगाएर सदरमुकाम आएको श्रेष्ठले बताए। युवा क्लवहरु र हाम्रो त्यहाँ रहेको रेडक्रस सर्कलसगँ समन्वय र छलफल गरेर छोडेर आएका छौ उनी भन्छन, ‘अस्लेवा चौरमा छोडिएका उक्त राहत सामाग्रीहरू स्थानीय युवाहरूबाट शुक्रवार पिडितहरू माझ पु-याउने प्रतिवध्दता जनाएपछि हिडीयो।’

यता सडक अवरुद्ध भएका कारण नेकपा गुल्मीले ठूलोलुम्पेकका लागि सकंलन गरेको राहत अस्लेवामै रहेको नेता नरेश भण्डारीले बताए। हामीले राहत सकंलन गरेर २ स्थानकै लागि पठाएका हौ जिल्ला सदस्य नरशे भण्डारीले भने ‘लिम्घामा सडक अवरुद्ध नभएकाले पुग्यो,तर लुम्पेकजाने सडक अवरुद्ध भएकाले बिच बाटोमै रोकिएको छ।’ भण्डारीका अनुसार पहिरो पिडितहरुका लागि रासन किनेर पठाएको बताए।

यता प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले मगंलबार नै लिएर आएको राहत सामाग्री पनि बिच बाटोमै थन्काइएको छ। सडक नभएपछि अस्लेवाका वडा अध्यक्ष भिमलाल पाण्डेको जिम्मामा छोडेको हो मन्त्री बरालले भने ‘भाडाकुडाँ, औषधी, लत्ताकपडा लगायत त्रिपल शुक्रबार मानिसलाई बोकाएर भएपनि माथि लुम्पेक पु¥याउने तयारी भएको छ।’ उनका अनुसार बलिया युवाहरुलाई बोकाएर भएपनि छिटोभन्दा छिटो राहत सामाग्रीहरु र औषधी प्रभावित क्षेत्रमा लैजाने गरि ब्यवस्था मिलाइएको बताए।

लुम्पेकका अधिकांश बस्ती डाँडामा छन् । सत्यवती ४ लिम्घाको भिरकुना पनि पहिल्यैदेखि पहिरोको जोखिम क्षेत्र हो । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले दुवै बस्ती डाँडामा रहेकाले पनि भूकम्प र पहिरोको जोखिममा रहेको बताए । ‘पहिला भूकम्पको जोखिम थियो,’ स्थलगत अवलोकनमा पुगेका उनले भने, ‘अहिले तिनै बस्ती पहिरोको जोखिममा परे ।’ डाँडाका बस्ती स्थानान्तरणको विकल्प नरहेको उनले बताए ।

गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा पुग्ने सडकहरु अबरुद्ध भएपछि केही राहत सामाग्री हेलीकप्टर मार्फत पु¥याइएको भएपनि धेरै राहत सामाग्री अस्लेवामै थन्किएको छ। मगंलवार राति सत्यवति गाउँपालिकाको दुई स्थानमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका छन। वडा नम्बर ४ लिम्घामा वेपत्ता भएका सात बर्षिय तारा विकको शव बिहीबार मात्रै फेला परेको हो। पहिरोमा घाइते भएका ठुलोलुम्पेकका २ जनाको काठमाडौको टिचिङ अस्पतालमा उपचार भैरहेको छ। सत्यवती गाउँपालिका ३ का करिष्मा तरामु र धनी तरामुलाई दुई दिन पछि बुधबार मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राहत लिएर आएको हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ लगिएको हो।

लिम्घा जाने सडक बिहीबार खुलाइउको भएपनि ठुलो लुम्पेक जाने सडक खुलाउन अझै केही समय लाग्ने गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए। जेसिभी चलाएकै छौ उनले भने ‘तर जताततै ठुला–ठुला पहिरो गएकाले तत्काल सडक खुल्ने सम्भावना छैन।’ सडक अवरुद्ध हुदाँ पीडीतहरुको राहत समेत बिच बाटोमै थन्काउन बाध्य भएको उनले बताए।

प्रकाशित: १० श्रावण २०७६ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App