काठमाडौं - २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो २ बजे बोर्ड बैठक बोलाइएको छ ।
उनका अनुसार बोर्डले निर्णय गरेलगत्तै परीक्षाफल सार्वजनिक गरिने छ।अपराह्न ३ बजे नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ। २ बजे वोर्ड बैठक बसेर ३ बजे रिजल्ट सार्वजनिक गर्ने वोर्डका अध्यक्ष डा चन्द्रमणी पौडेलले बताए। चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।
प्रकाशित: १२ असार २०७६ ०४:०८ बिहीबार