१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

विदुर नगरपालिकामा आधुनिक वधशाला निर्माण

नुवाकोट - उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाऊन् भन्ने उद्देश्यसहित नुवाकोटको विदुर नगरपालिकाले आधुनिक वधशाला निर्माण कार्य थालेको छ। बजार क्षेत्रका मासु व्यवसायीले अवैध रूपमा वधशाला निर्माण गरी वातावरणीय प्रदूषण फैलाएको र उपभोक्ता अस्वस्थ मासु उपभोग गर्न बाध्य भएको भन्दै आफ्नै लगानी र जग्गामा वधशाला निर्माण गर्न लागेको नगरपालिकाले बताएको छ।

विदुर–४ को सिमचौरमा निर्माण भइरहेको वधशालामा एक करोड ७३ लाख रुपैयाँ लगानी गरिने विदुरका मेयर सन्जु पण्डितले बताए। ‘नगरपालिका फोहोर व्यवस्थापन गर्ने लक्ष्यसहित अघि बढिरहेको छ। त्यसअन्तर्गत एउटा कार्यक्रम आधुनिक वधशाला निर्माण हो,’ उनले भने, ‘उपभोक्ताको मागलाई पूरा गर्न व्यवसायीहरू खुला ठाउँमा पशुचौपाय र पन्छीको वध गर्न बाध्य छन्।

हामीले व्यवसायीलाई विकल्प दिन आधुनिक वधशाला निर्माण गर्न लागेका हौं। यसबाट स्वच्छ र गुणस्तीय मासु उपभोग गर्न उपभोक्ताले पाउनेछन्।’ वेष्ठ एन्ड बिवाई एनजे÷भिका प्रोपाइटर विष्णुप्रसाद सापकोटाले बताए। बत्तीमुनिको अँध्यारोजस्तै रहेको सिमचौरमा वधशाला निर्माण थालेसँगै सडकको पहुँचलाई व्यवस्थित बनाउने बताइएको छ।

प्रकाशित: २० वैशाख २०७६ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App