एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ।
प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर-१७ अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मंगलबार बरामद भएको हो।
भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन्।
प्रकाशित: २ पुस २०८२ ०९:५३ बुधबार





-600x400.jpg)