१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निर्मलाले पाएका धोका

मौसम फेरीएसँगै दिन लामा र न्याना हुँदैछन्, तर निर्मला पन्तकी आमा दुर्गादेवीको मन चिसो छ। छोरीको विभत्स हत्याबीच न्याय अझै अन्योलपूर्ण भईरहँदा विचलित मनोदशा स्वभाविक हो। तर कुरा त्यति मात्र हैन। उनलाई फतक्क गलाईदिए केहि मुकुण्डोधारी अधिकारकर्मीले, अवसरवादी लोग्ने र गैरजिम्मेवार पत्रकारहरुले।

जब निर्मला हत्याकाण्डलाई लिएर कंचनपुरमा आगो बल्न थाल्यो, दुर्गादेवी र यज्ञराज चुपचाप काठमाडौं ल्याईए। (जसले हेलेन शाह र मीना भण्डारी तप्काबिच फाटो ल्यायो।) हामी उनीहरुलाई भेट्न अनामनगरमा अवस्थित एउटा एनजीओमा पुग्यौं, जहाँ लोकल मिडिया बर्जित थियो। हामीसँग न्युयोर्क टाईम्ससँग आबद्ध साथी समेत थिए। त्यही कार्ड देखाए हामी भित्र प्रवेश गर्यौ। तैपनि दुर्गादेवीलाई उपलब्ध गराईएन। यज्ञराजले घटनाको शुरुदेखिकै कुरा निकै हतारमा भन्दै गए। कहिंकहिं कुराको तालमेल बसेको थिएन। एकठाउँ उनले भने, ‘मेयरको रुखो बोलीले गर्दा घटनाले चर्कियो, नत्र यस्तो हुँदैनथ्यो।‘ हामीले मुखामुख गर्यौं। अरु कुरा सुनेपछि न्युयोर्क टाईम्सका संबाददाता साथीले स्टोरी नलेख्ने मनशाय तुरुन्तै देखाए। सबै सुनिसक्दा स्टोरी खासै कहिं लेखिएला जस्तो भएन। हामी तिनजना थियौं।

ईन्टरभ्यु नसकिँदै हतारमा एक रवाफिली महिला भित्र छिरिन्। यज्ञराज जस्तो अति व्यस्त मान्छेलाई हामीले बेकारमा अल्झाई दिए झैं हाउभाउ देखाईन्, तर हामीलाई हैन यज्ञराजलाईनै हल्का झपारीन् र तुरुन्त कतै लिएर गईन्। हामी तीन मध्ये एक साथीले निकै मुख कुच्च्याए। फर्किने बाटो तताउँदै गर्दा छेउको एक कोठाको दृश्यले हाम्रो ध्यान तान्यो। थोरैमात्र खुलेको ढोकाबाट हामीले अन्दाज पायौं। भित्र राउण्ड टेबल मिटिङ भैरहेको। दुईचार नाम चलेका एनजीओकर्मी टाढैबाट चिनिए। कसैले ढोका ढ्याप्प ढेपिदियो, हामी तल झरयौं। यहाँ के भैरहेको हो सबै त थाह भएन तर दुर्गादेखि र यज्ञराज पक्कै बन्दी जस्तै बनाईएका थिए। उनिहरुलाई के बोल्ने, कसरी बोल्ने , के नबोल्ने जस्ता कुरा पक्कै सिकाईएको थियो। जस्तै कि, पुलिसले पहिलो पटक शंकाको घेरामा लिएका व्यक्तिहरुलाई (हेमन्ती, चक्र बडु र दिलिप सिंग विष्ट) त्यसरी केरकार गर्नुपर्ने प्रशस्त कारणहरु थिए। तर यी कुरा बोल्नुपर्ने कुरामा पारिएनन्। सबै छर्लंग बोल्दिए भने चाहेजस्तो माहोल सृजना नहुन सक्थ्यो। दुर्गादेवीलाई यी नयाँ मान्छेहरु कस्तो कस्तो लागीरहेता पनि उनि चुप बस्नुको बिकल्प थिएन (तिनै महिलाहरुले छिट्टै उनीहरुलाई देशको प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षक जो भेटाईदिदै थिए।)

महिनौं बित्यो, सबै आआफ्नो जिन्दगीको लयमा फर्किए। त्यसबेला बलत्कार विरुद्व खनिएको रिस, चर्का नाराहरुले आधिकारकर्मीलाई पनि जीवनको आनन्द लिन कतै रोकेको देखिएन। तर दुर्गादेवी फेरी त्यहि व्यक्ति बन्न सक्दिनन्। जीवन एक कठोर संर्घष त उनको पहिले देखिनै थियो, तैपनि आफैंमा गर्व गर्न सक्ने एक शक्तिशाली आमा थिईन् उनि हिजो। आज उनिसँग भरपर्न लायक वरीपरी केहि छैन।

महिनौं बित्यो, सबै आआफ्नो जिन्दगीको लयमा फर्किए। त्यसबेला बलत्कार विरुद्व खनिएको रिस, चर्का नाराहरुले आधिकारकर्मीलाई पनि जीवनको आनन्द लिन कतै रोकेको देखिएन। तर दुर्गादेवी फेरी त्यहि व्यक्ति बन्न सक्दिनन्। जीवन एक कठोर संर्घष त उनको पहिले देखिनै थियो, तैपनि आफैंमा गर्व गर्न सक्ने एक शक्तिशाली आमा थिईन् उनि हिजो। आज उनिसँग भरपर्न लायक वरीपरी केहि छैन। परीस्थितिले यति गिज्यायो कि आफ्नै साथ पनि अब उनलाई पत्यारीलो लाग्दैन।

यज्ञराजसँग उनको मागी विवाह भएको थियो। लोग्ने कहिल्यै जिम्मेवार, मायालु र भद्र स्वभावका पाईनन् उनले। अर्की महिलासँग विहे गरेपश्चात दुर्गादेवीसँग मात्रै हैन, छोरीहरुसँग पनि यज्ञराजको दुरी बढ्यो। परेको बेला पनि कुनै किसिमको भावनात्मक वा आर्थिक सहयोग अपेक्षा गर्न सकिन्थ्यो। उनी दोस्रो परीवारसँग बस्थे। ‘त्यहाँ म बेलाबेला जान्थे, कहिले के कहिले के बोकेर। बुवा बिनाका सन्तान जस्ता नहुन् भनेर मैलेनै पठाईरहन्थें, यस्तै घरको मकै, गहुँ पठाउँथे।‘ दुर्गादेवीले मसँग अढाई महिना अगाडि लामो कुराकानी गरेकी थिईन्। (रेर्कड सुरक्षित छ)

सौतेनि आमा छोरीहरुसँग साख्खै कहिल्यै थिईनन्। निर्मलालाई झनै मन पराउन्न थिईन्। यसको एउटै कारण थियो, निर्मला बुबा आमालाई नजिक ल्याउन पहल गर्ने गर्थिन्। भासी गएको बेला निर्मला घरको सबै काम खुशीखशी गर्ने, सबैलाई रीझाउन खोज्ने गर्थिन्। तर सौतेनि आमाले मनमा तुष राखेको उनको व्यवहारले देखाउँथ्यो।

निर्मला घटनाले यज्ञराज पागल भए र अस्पतालमा भर्ति गराईए। (फेरी निको पनि भए) सौतेनी आमाले रुँदै थुप्रै मिडियामा भनिन् (चनाचटपटे बेचेर छोरीहरु पाल्न कति धेरै संघर्ष गर्नुपर्यो। वास्तविकता के हो भने , यज्ञराज एघार बर्षदेखि केवल कान्छि श्रीमतिका (आफ्ना) हुन् र दुर्गादेवीको परिवारसँग उनको वास्ता सतहि थियो। त्यसैगरी, चनाचटपट बेचेर छोरीहरु दुर्गादेवीले मात्रै पालेकी हुन्।

जब अनुसन्धामा शुरुमा उनलाई शंकास्पद व्यक्तिको नाम लिनु भनिएको थियो, उनले कोहि छैन भनिन्। तर भन्नै परेपछि यज्ञराज र श्रीमतिमाथि अविश्वाश देखाएकी थिईन्।

तर रगंमन्चमा ती दुईनै हावी हुँदै उत्रिदिए न्यायको पक्षमा। शुरुमा दुर्गादेवीलाई त्यति अनौठो लागेन। तर पछिल्ला घटनाक्रमहरुले अप्ठारो महसुश गरायो। यज्ञराज मात्रै हैन, कान्छी आमासमेत छोरीलाई संझिएँ भनेर निकै रुने कराउने गरिरहन्थीन्। यी तीनको पारस्पारीक सम्बन्ध अझै सहज थिएन। ढुक्कले कान्छिको काखमा सतिरहेका लोग्नेलाई छोरी गुमाएकी आमाले धर्नास्थलमा दिनहुँ देख्थिन्। उनको त को थियो र त्यसरी काखमा सुतेर रुनलाई, उनी मुटु ढुंगा बनाउँदै न्याय पर्खिरहन थालिन्। तर महिनौं त्यसै बितेपछि एकदिन जब र्दुगादेवीले आजित भएर पुलीसलाई सघाउने, रगतको नमुना दिने र क्षतिपुर्ति रमक समेत लिने भईन् , यज्ञराजलाई उनीमाथिको अधिकार अचानक सम्झना आयो। जाईलाग्न घरै पुगे , हातपात गरे र धम्की दिए।

यो घटनाको केहि दिनपछि बोल्दा दुर्गादेवी निकै तर्साईएकी, राम्रैसँग धम्क्याईएकी व्यक्तिहुन भन्ने सहजै अनुमान गर्न सकीयो। घटनालाई नजिकबाट नियालिरहेकी उनले समयसँगै धेरै कुरा बुझिसकेकी थिईन् , तर खुलेर केहि भन्न सक्दिनथिन्। ‘तँपाई सुरक्षित मिडियासँग बोल्दै हुनुहुन्छ, यसले तपाईलाई कमजोर हैन, आत्मबल दिनेछ भनेपछि बल्ल उनी थोरै खुलिन्।‘ उनका वरपरका अधिकारवादीहरु र श्रीमानले सृजना गरीदिएको माहोलमा दुर्गादेवीले कत्ति सहज, सुरक्षित महसुश गरीरहेकी थिईनन्, छैनन्।म यसै लेखमार्फत यो केस टुंगो नलागेसम्मका लागी दुर्गादेवीलाई उचित सुरक्षा प्रधान गर्न सरकारसँग आव्हान गर्दछु।

सबै भन्दा दु:खी उनी यज्ञराजसँग छिन्। छोरीको मृत्युमाथि राजनीति गरिदिए उनले। ‘यदि अर्कीको कोखबाट जन्मेको सन्तान हुन्थ्यो भने उनी यसो गर्दैनथे। यो एक आमाको आत्मा बोल्दैछ, यज्ञराजलाई भगवानले कहिल्यै माफी दिने छैन’ उनले भनिन्।

सँगसँगै आफुले पुलिसहरुमाथि चलाएको मुद्दामा मन खिन्न भएको कुरा उनले बताईन्। ‘खै त्यसो गरियो, सबैले भने, तर मेरो आत्माले उनीहरु दोषी हुन् भन्दैन। जानीजानी बिगारेको गरेका जस्तो त लाग्दैन।‘

शायदै अरु कुनै काण्ड भएको होला देशको ईतिहासमा, जसको समाचार र आन्दोलनको उठाननै भ्रमपूर्ण सत्यतथ्यका आधारमा भएको होस् र सरकारले पनि यसलाई प्रष्टउन नसकी डगमगाउँदै कमजोर नेतृत्व क्षमता प्रर्दशन गरेको होस्। गल्ति भएको हो तर नियतवश हैन भनेर दाबी गरेको सरकार वा प्रहरी प्रधान कार्यलयले कमसेकम केहि कुरा स्पष्ट राख्न सक्न पर्थ्यो। यसो नहुनुले आन्दोलनमा निर्दोष मनले साथ दिएका प्रति अन्याय र यसलाई कमाई खाने भाँडो बनाएकाहरु लाई थुप्रै (युटुबर लागायत) सजिलो बनाईदियो।

हवल्दार चाँदनी सावदले सुरवाल पखालिरहेको दृश्यमा ध्यान नदिएको कुरा के हो भने, उनी ढुक्कले सबैका अगाडि त्यसो गर्दैछिन्। जो कोहि व्यक्ति जसलाई आफुले कुनै गलत काम गर्दैछु , हत्या जस्तो कुराको प्रमाण मेटाउँदैछु भन्ने थाह हुन्छ , उसले सबैले आफुलाई देखिरहेको र तस्विर , भिडियो समेत खिचिरहेको जान्दा जान्दै शायदै त्यसो गर्न सक्ला। होहल्ला र चहलपहल उखुबारीमा निकै थियो र साउदले त्यहाँ कुनै हतार वा रहस्यमयी हाउभाउ देखाएकी छैनन्। यज्ञराजको औठाछाप नक्कली भएको हल्ला फिजाईयो, गृहमन्त्रीले समेत बाहिर उम्लिरहेका जनता साम्य पार्न केके नै पत्ता लगाएझैं सो कुरा औपचारिक रुपमै भने। भएको के थियो भने, यज्ञराज भारतबाट आएपछि उनलाई सहि गराईएको कागज त्यहि पुरानो थियो। यस्तै, किताब नभिजेको कुरा  (किताबका गाताहरु प्लासटीक कोटेड र थोरै भिरालो ठाउँमा, तैपनि छेउ भिजेका भिटीएका थिए।) दिलिप सिहं विष्ट पक्राउ पर्ने वित्तिकै स्थानीय पत्रकार खेम भण्डारी उफ्रीए, यज्ञराज र अरु सबैले उनको हो मा हो मिलाउँदै उनले केटीलाई आँखा उठाएर हेर्ने काम पनि गर्न नसक्ने दाबी गरे। तर पहिल्यै भएको बार्तालापमा (जसको रेर्कड छ) विष्टका घरका महिला सदस्यहरुले उनको वास्तविक चरित्र पर्दाफास गरेका छन्।

उनी सधैं यौनकुण्ठाका सिकार र सन्की व्यक्ती रहेको उनीहरुले बताएका छन्। बम दिदीबहिनीको हुर्मत नलिएकोमा जनता रुष्ट भैरहँदा, उनका नजिकका छरछिमेकले उनीहरुलाई राम्रै, आफ्नो कामसँग काम राख्ने अनुशासित नानीहरु मान्ने र सो घटना भएकै दिन पनि छेमेकी बच्चासहित बेलुकीपख घरमै टीभि हेरेको बयान दिएका छन्। मानवअधिकार नेपाल भन्ने संस्थाले तयार पारेको रिपोर्टमा आफ्नो चरित्र हत्या गरेको र सो पुष्टी गर्न संस्थाका अध्यक्ष ईन्द्र प्रसाद अर्याललाई ति नानीहरुले चुनौति दिएपछि रिपोर्टमा फेरबदली गरीएको छ।

सरकारले निकै शक्तिशाली बलत्कारी र हत्यारा जोगाउन रचेको भनिएको यो प्रपंचका बारे मैले केहि अवकाश प्राप्त अनुसन्धान अधिकृतसँग कुरा गर्दा घटानको प्रकृतिले त्यसो नभन्ने र पुलिसले गरेको गल्ति नियतवस भन्दा पनि लार्पवाहि भएको जिकिर गरेका थिए। शक्तिशाली ब्यक्तिले सेक्स किन्छ , रेप गर्दैन , र केहि गरी कसैसँग बदला लिन त्यसो गरेको भए पनि उसले तुरुन्त लाश गायब पार्ने औकात राख्छ , त्यसरी उखुबारीतिर फालेर हत्तपत्त हिंड्दैन, उनीहरुको तर्क थियो। केहि त्यस्ता अब्बल अधिकारीले अनुसन्धानमा सहयोग मिलोस् भन्ने हेतुले रिपब्लिका र अन्य मिडियामा आफ्ना अनुभव, क्राईम सीनका प्राविधिक पक्ष, नेपाल पुलीसमा रहेर काम गर्ने सदस्यहरुका कार्यक्षमता, ट्रेनिग, उनीहरुलाई उपलब्ध गराईने स्रोत साधन आदिको बारेमा प्रष्टयाउँदै गहन सल्लाह सुझाव दिए। निर्मला केसमा विल्कुल नयाँ सिराबाट स्वतन्त्र अनुसन्धान गर्नु र न त प्रहरी महानिरीक्षक, न त गृहमन्त्री कसैले पनि अनुसन्धान अधिकृत वा टीमलाई बिल्कुल छिटो निष्कर्ष निकाल्ने दबाब नदिनु नत्र नतिजा सुखद हुँदैन भनेर संझाए। पुरै देश आन्दोलित भैरहँदा यस्ता आवाज अरु त छोडौं केहि पढेलेखेका र सामाजिक संजालमा दबदबा बनाईरहेका अधिकारकर्मीले समेत सुनेनन्, त्यसको चर्चा गरेनन्। अनि कसरी पत्याउनु कि केहि राजतीनिकर्मी जस्तै उनीहरुको पनि एउटै ध्येय सरकारलाई निकम्मा साबित गर्नु मात्रै थियो, न कि सत्यको लागी चिन्तित हुनु।

निर्मला काण्ड पश्चात पनि बलतात्कारका घटना कयौं घटे, घट्दैछन्। निर्मलाको हत्यारा पत्ता लागेकै भए पनि वा अहिले लागेता पनि यस्तो हिंसा रोकिदैन। किनकि यसका लागी हामीले यसको जडमा पुगेर समाज बदल्ने थालनी गरेकै छैनौं। न्ययीक प्रक्रिया बलियो बनाउनेतर्फ पनि उति ध्यान गएको छैन। यस्ता घटना शुरुमै उजुरी गरीने संस्था नेपाल प्रहरी पुरानो, भुत्ते भैसकेको त्यो पनि अपर्याप्त साधान स्रोत र सीपमा निर्भर छ। नियत खराब राखेर काम गर्दा त भन्नै परेन, नियत ठिक राख्दा पनि व्यवसायीक बन्न प्रहरीका अगाडि निकै चुनौति छन्। यस्तो स्थितिमा पीडितले न्याय पाउने संभावनाको गिरावट शुरुमै हुन्छ। त्यस्तै, पीडितलाई हेर्ने समाजको दृष्टिकोण दर्दनाक छ। आज निर्मला बलत्कृत बालिका भएर बाँचिरहेकी भए, उनको जीवनको त्यो अँध्यारोमामा उज्यालो बोकेर पुग्ने दूतहरु कमै हुन्थे।

निर्मलाकी आमा त्यति पढेलेखेकी छैनन्, तर दु:खी जीवनले उनलाई विवेकी बनाईदियो। उनी सत्यमात्र चाहन्छिन्। दोषि त उनको अन्तरमनले ठम्याई सकेको छ। तर यस्तो आभाषमात्रै कसैलाई सजाय दिलाउन पर्याप्त हुँदैन। आज उनी निर्मलाको अभावसँग मात्र लडिरहेकी छैनन् , निर्मलालाई उनले भन्दा बढी माया गर्नेु ढोंगीहरुका बिच आँसु पिईरहेकी छिन्। 

 

प्रकाशित: ५ चैत्र २०७५ ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App