१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

महिला सर्जनको उपस्थिति बढ्दै

काठमाडौं – गत साता विश्वभर फरकफरक ढंगले अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो। कतै -याली भयो, कतै प्रदर्शन भयो त कतै कविता वाचन त कतै अन्तरक्रिया। नेपालभरका महिला सर्जनहरुले भने पेशागत अनुभव साटेर नारी दिवस मनाए। सो अवसरमा ‘सर्जरीमा महिला’ शीर्षकमा कार्यक्रम आयोजना गरियो।

सो समरोहमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जकी ग्यास्टोसर्जरी विभाग प्रमुख प्राध्यपक डा. पलेस्वाँ जोशीले, ‘हामीले महिला दिवस मात्र मनाएका छैनौं। हाम्रो उपस्थिति पुरुषभन्दा कुनै पनि रुपमा कमजोर छैनौं भन्ने हो।’ जोशीले समारोहले पेशामा नयाँ आउने सर्जन र पुरना सर्जन बीच आपसी सहयोग आदानप्रदान गर्न सहयोगी बन्ने बताइन्। डा.जोशीले सफल सर्जन हुन पारिवार र पेशालाई सन्तुलनमा राख्ने कलाको आवश्यकता रहेको बताइन्।

सो अवसरमा नेपाल मेडिकल कलेजकी न्युरो सर्जन डा. माया भट्टचनले न्युरोसर्जन बन्नका लागि आपूmले विभिन्न सामाजिक अवरोध झेल्नु परको अनुभव सुनाइन्। ‘मैले यो विषय अध्ययन गर्छुभन्दा कतिपयले महिलाको लागि राम्रो काम हैन भन्थे। तर मेरो बुवाआमाले कहिल्यै नाइँ भन्नु भएन,’ उनले भनिन्। यो पेशा आफैंमा चुनौतीपूर्ण भए पनि मुख्य कुरा आफ्नै साधना र साहसमा भर पर्ने बताइन्। ‘उनीहरुले भन्दा कडा काम गरें। केही अप्ठेरो पनि झेलें,’ डा.भट्टचनले भनिन्। सोही क्रममा डा. भट्टचनले यो पेशामा आउँदै गरेका आवासीय सर्जनहरुलाई साहसका साथ अघि बढ्ने पे्ररणा दिइन्। महिलाहरुमा रहेको सामाजिक तथा मानसिक पृष्ठभूमिले सर्जरी पेशामा आउन र गर्न कमजोर ठान्ने मानसिकताको अहिल्यै त्याग्न उनले आग्रह गरिन्।

शहिद गंगालाल हृदयकेन्द्रकी मुटुसर्जन डा. दीक्षा जोशीले सर्जन हुन धैर्यताको आवश्यकता भएको बताइन्। आफ्नो पेशागत र अध्ययन जीवनमा विभिन्न बाधाहरु आए पनि निरन्तर चुनौती सामना गर्दै अघि बढेको सुनाइन्। सुष्मा कोइराला मेमोरियल अस्पतालकी प्लास्टिक तथा रिकन्सट्रक्सन सर्जन डा. रोजिना शिल्पकारले आफ्नो अनुभव सुनाएकी थिइन्। सोही क्रममा नेपाल बे्रस्ट क्यान्सर फाउन्डेसनकी सर्जन डा. सुजिता हिराचनले नेपालमा महिलाहरु ढिला उपचारमा पुग्ने कारण उपचारमा चुनौती हुने गरेको बताइन्। परिवारमा पुरुषमा परनिर्भर हँुदा, महिलाहरु प्राथमिकतामा नपर्नु, स्वास्थ्य सेवा पहुँचमा नहुनु र जनचेतनाको कमीको कारण उनीहरु स्तन क्यान्सर गम्भीर बनिसकेपछि मात्र उपचारमा आउने गरेको बताइन्। ‘विकसित राष्ट्रमा कम हुँदै गएको स्तन क्यान्सरको मृत्यु हामी कहाँ अहिले पनि बढी छ,’ उनले भनिन्।

समारोहमा आफ्नो अनुभव साट्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा. रमानाले सर्जरी पेशाको क्रममा आउने द्वन्द्वले थप सिर्जनशील बनाउने र यसको सही व्यवस्थापन गर्न जान्नुपर्ने अनुभव बताइन्। ‘जागिरको असुरक्षा, पुरुष दमन, वैवाहिक जीवनले सिर्जना गरेका तनाव जस्ता कुराको उचित व्यवस्थापन हुनु जरुरी छ,’ उनले भनिन्।

कार्यक्रममा नेपालभरका ३१ महिला सर्जनले आफ्नो पेशागत अनुभव र जिज्ञासा साटासाट गरे। कार्यक्रमको संयोजन गरेकी डा. जोशी लाखेले कार्यक्रमले आवासीय महिला सर्जनलाई हौसला प्रदान गर्ने आशा लिएको बताइन्। कार्यक्रममा अन्य महिला सर्जनहरुले सर्जनको रुपमा यो पेशामा आउँदा परिवार, बालबालिकालाई समय दिन कठिन परेको, अहिले पनि महिलालाई हाम्रो समाजमा सर्जनको रुपमा स्वीकार्न नसकेको, विवाहित सर्जनले समय व्यवस्थापन कठिनाइ परेको जस्ता अनुभव सुनाए। नेपालमा कुल न्यरो सर्जनको ७ प्रतिशतभन्दा बढी महिला सर्जन रहेको बताउँदै डा.भट्टचनले जुन विश्वस्तरकै हाराहारीमा रहेको बताइन्।

नेपालमा आवसीय महिला सर्जनसहित यो पेशामा आउनेहरुको संख्या बढ्दो रहेको उनीहरुले बताए। उनीहरुले महिला सर्जन चिकित्सकहरुबीचको भेला र भेटघाटले आगामी दिनमा निरन्तर पाउने जनाए। नेपालमा २८ जना विशेषज्ञ सर्जन छन् भने १९ जना आवसीय महिला सर्जन छन्।

प्रकाशित: २७ फाल्गुन २०७५ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App