१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

विज्ञान प्रविधि प्रर्दशनी सम्पन्न

काठमाडौं – डिल्लीबजारको एसएबी पब्लिक स्कुलले विज्ञान प्रविधि प्रर्दशनी २०७५ सम्पन्न गरेको छ। प्रदर्शनीमा विद्यार्थीहरूले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, विद्युतीय तथा रोबटिक्ससम्बन्धी प्रदर्शनी प्रस्तुत गरेका थिए। उपत्यकाका केही कलेजहरूले पनि प्रदर्शनीमा सहभागिता जनाएका थिए।

प्रदर्शनीको अवलोकन काठमाडौं उपत्यकाका थुप्रै विद्यालय तथा उच्च माविका विद्यार्थीहरूले गरेका थिए। कार्यक्रम अवलोकनका क्रममा बोल्दै उच्च माध्यमिक विद्यालयहरूको छाता संगठन हिसानका अध्यक्ष रमेश सिलवालले यस प्रकारको प्रदर्शनीले विद्यार्थीहरूमा विज्ञानका कुतूहलतालाई केही हदसम्म मेटाउने बताए।

विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर केसीले एक्काइसौं शताब्दी विज्ञानको युग भएकाले त्यससम्बन्धी दक्षता हासिल गर्न विद्यार्थीहरू सक्षम बनून् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताए।

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App