२ वैशाख २०८३ बुधबार
image/svg+xml
समाज

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

कालीकोटकाे नरहरिनाथकी सात वर्षीया बालिका बलात्कृत भएकी छन्। मंगलबार दिउँसो घरमा कोही नभएको मौका पारि १७ वर्षीय किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ। 

घरमा कोही नभएको मौका पारेर पाहुना आएका किशोरले बालिका बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश ज्ञवालीले बताए। उनका अनुसार पीडक र पीडित दुवै दलित समुदायका हुन्।

नयाँ वर्षको दिन बिहानको खाना खाएर बालिकाका बाजेबजै र काकाकाकी खेतबारीमा काम गर्न गएका बेला किशोरले दिउँसो बालिकामाथि बलात्कार गरेको प्रहरीको भनाइ छ।

किशोरविरुद्ध बुधबार बालिकाका बाजेले जबरजस्ती करणी मुद्दामा जाहेरी दिएका छन्।

बालिकालाई स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल मान्म ल्याइएको र किशोरलाई इप्रका कुमालगाउँमार्फत जिल्ला प्रहरी कार्यालय मान्ममा राखिएको छ।

प्रकाशित: २ वैशाख २०८३ २०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App