१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

तुइन खोला नजिकै पहिरो खस्यो, नारायणघाट-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध

निरन्तरको वर्षासँगै नारायणघाट-मुग्लिङ सडक खण्ड अन्तर्गत तुइन खोला नजिकै पहिरो खसेपछि दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

सोमबार बेलुकी ७:२५ बजेको समयमा पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको हो।

लगातार भइरहेको वर्षाका कारण सो सडक खण्डमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका लागि अधिकारीहरूले केही समयअघि देखि नै सवारी साधनहरूको आवागमन रोकेका थिए।

जोखिम टार्न सवारी साधनहरू सुरक्षित स्थानमा रोकेर राखिएकै अवस्थामा तुइन खोला नजिकै पहिरो खसेर सडक ठप्प भएको हो।

सडक दुईतर्फी नै अवरुद्ध भएपछि सो मार्ग भएर गन्तव्यतर्फ प्रस्थान गरेका सयौं सवारी साधनहरू र यात्रुहरू बीच बाटोमै रोकिएका छन्।

वर्षा निरन्तर जारी रहेकाले पहिरो पन्छाउने कार्यमा कठिनाइ हुन सक्ने भन्दै यात्रुहरूलाई सुरक्षित स्थानमा रहन र यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित: २९ असार २०८३ १९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App