१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुई लाख भारुसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज– दुई लाख भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विहारको रक्सौल घर भएका १९ वर्षीय रोहित कुमार शर्मालाई ५ सय दरका ४ सय थान अवैध नोटसहित वीगञ्ज रक्सौल नाकाबाट पक्राउ गरिएको हो। नोटको मूल्य २ लाख भारु हुन आउँछ। 

शर्मालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको पर्सा प्रहरीले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०७५ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App